तनविन रफिकको बंगाली चलचित्रमा नेपाली दुई नायिका


nisha-adhikari

Nisha Adhikari

ग्ल्यामर नेपाल, काठमाडौं । अभिनेत्री निशा अधिकारीलाई बंगाली चलचित्रमा देख्न पाइने भएको छ। बंगाली निर्देशक तनविन रफिकले बनाउने दुई बंगाली चलचित्र ‘गुड ईभिनिङ काठमाडौं’ र ‘अण्डर द सेम स्काई’ मा निशालाई हालै अनुबन्ध गरिएको छ। केही दिन अघि अर्की अभिनेत्री अर्चना देलाल पनि रफिककै चलचित्रमा अनुबन्ध भएकी थिइन्।

निशाले आफुले दुई बंगाली चलचित्रमा काम गर्न लागेको आफ्नै फेसबुक मार्फत सार्वजनिक गरेकी हुन्। ‘बंगाली चलचित्र अभिनय मेरा लागी अवसर र चुनौती दुवै हो’, निशाले भनिन्, ‘मलाई अझ बढी जिम्बेवारी थपिएको महसुस भएको छ।’ नेपाली अभिनेत्रीले बंगलादेशी चलचित्रमा पनि काम गर्न पाउनु भनेको ठुलो अवसर भएको उनले खुलाइन्। चलचित्रको छायांकन कहिलेबाट छायांकन हुने केही टुङ्गो लागेको छैन।

केही समययता निशाका सबै फिल्मले व्यावसायिक रुपमा असफलता बेहोरिरहेका छन्। सोही कारण बंगाली चलचित्र उनको लागि आफ्नो साख जोगाउने गतिलो मौका हो ।

SUBSCRIBE 👉