‘चंखे शंखे पंखे’को अब पालो विदेश यात्राको


सुदर्शन थापाद्वारा निर्देशित चलचित्र ‘चंखे शंखे पंखे’ अब विदेशमा प्रदर्शन हुने भएको छ। बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा चलचित्र निर्माण संस्था आसुसेन फिल्म्स प्रोडक्सन तथा यूथ फर यूथ मिडियाबीच विदेशमा चलचित्र प्रदर्शन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ। चलचित्रका निर्माता सन्तोष सेन तथा मिडियाका अध्यक्ष बिजु बज्रले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।chankhe-shankhe-pankheनेपालमा असोज ८ गते नै प्रदर्शन भएको यो चलचित्रलाई यूथ फर यूथ मिडियाले ऑस्ट्रेलिया, अमेरिका, दक्षिण कोरिया तथा कतारमा प्रदर्शन गर्ने अधिकार पाएको हो। मिडियाले एक वर्षसम्म यी चार देशमा चलचित्र प्रदर्शन गर्नेछ। सम्झौता अनुसार यूथ फर यूथ मिडिया हाउसले यो चलचित्रले विदेशका विभिन्न शहरहरुमा प्रदर्शन गर्नेछ। दसैं तथा तिहारको बीचमा ऑस्ट्रेलियाबाट प्रदर्शन प्रारम्भ गरिने चलचित्र ऑस्ट्रेलिया पछि दक्षिण कोरिया, अमेरिका तथा कतारमा पालै पालो यो चलचित्र प्रदर्शन गर्ने सेड्युल रहेको छ।

सुदर्शन थापाको निर्देश्ँनमा सन्तोष सेनद्वारा निर्मित यो चलचित्रमा भ्रष्टाचार विरुद्ध शसक्त आवाज उठाइएको यो चलचित्रमा युवा पुस्ताको देशप्रेमको भावनालाई चित्रण गरिएको छ। चलचित्र सुदर्शन थापा, सुवास थापा, पूजा शर्मा, प्रेम पुरी, नन्दिता केसी, प्रमोद अग्रहरी, रविन्द्र खड्का, ध्रुव कोइराला, राजाराम पौडेल, श्याम राई, रबिन्द्र झा आदि कलाकारले अभिनय गरेका छन्।

SUBSCRIBE 👉