माङ हिम सर्ट फिल्म कम्पिटिशन –०१५ मा परेका उत्कृस्ट १० सर्ट फिल्म


माङ हिम सर्ट फिल्म कम्पिटिशन –०१५ मा सहभागी हुन आएका सर्ट फिल्महरुलाई विशिष्ट जुरी समुहले मुल्याङ्कन गरी उत्कृष्ट १० सर्ट फिल्म छनौट गरीएको छ। माङ हिम ल्फिम्सले आफ्नो निर्माण भई प्रदर्शन हुदै गरेको चलचित्र रातो घर को सँगसँगै प्रवद्र्धन गर्दै लागु पदार्थ दुव्र्यशनी विरुद्ध लघु चलचित्र प्रतिष्पर्धाका लागी लघु चलचित्रको आव्हान गरेको थियो। ५ मिनेट देखी १० मीनेट भीत्रको लागु पदार्थ दुव्र्यशनि विरुद्धको यस माङ हिम सर्ट फिल्म कम्पीटीशनमा २६ वटा सर्ट फिल्मले भाग लिएका थिए।

Top 10 Best Nepali Short Film 2015आयोजकले दीएको डेड लाइन अनुसार भाग लिन आएका तथा फ्रेस निर्माण गरीएका प्राय सबै लघु चलचित्र राम्रो रहेको आयोजक तथा जुरीको मुल्याङ्कन छ। माङ हिम सर्ट फिल्म कम्पिटीशनमा यति धेरै राम्रो सहभागीता रहनु चलचित्र प्रतिको क्रेज रहेको रातोघर चलचित्रका निर्देशक तथा निर्माता सुरज सुब्बाले बताए। माङ हिम सर्ट फिल्म कम्पिटीशन –०१५ का संयोजक शान्तिप्रियले २६ चलचित्र सहभागी रहेकोमा जुरीले निर्धारण गरेका उत्कृष्ट दश सर्ट फिल्म भने आजैबाट सार्वजनिक गरीनुका साथै उत्कृष्टहरु मध्येवाट सर्वोत्कृष्ट छनौटका लागी खुल्ला गर्दै यूट्यूवमा ४ महिना १ नोभेम्वर २०१५ देखी १ फेव्रुवरी २०१६ सम्म राखीने बताए। जुरी तथा दर्शकहरुले यी चलचित्रहरु अवलोकन गरेको आधारलाई मानेर उत्कृष्ट एक लाई रु.१ लाख नगद सहित अवार्डेड गरीनेछ।

माङ हिम सर्ट फिल्म कम्पिटिशन छनौटमा परेका दश चलचित्र :
(फिल्म हेर्न टाईटलमा क्लिक गर्नुहोस् )
1. ANSWER – Director: Bhima Mainali
2. BODH – Director: Sulabh
3. BUKHYACHA – Director: Sankar Dhital
4. GHAT .. a journey grave – Director: Suvasies Parajuli
5. HEROISM – Director: Sisan Baniya
6. LAAGHAW- Director: Nav Bijay Shrestha
7. LIFE DOESNT REWIND – Director: Dikesh Khadgi Shahi
8. MERO JIBANKO MOD – Director: Sheeram Mahat
9. NIRNAYA – Director: Issahang Dewan
10. REGRET – Director: Zyaticha Saja

SUBSCRIBE 👉