फिल्म “प्रेमगित”को पोस्टर र गीतहरु पोखरा बाट सार्वजनिक


नेपाली सिने जगतमा चलचित्र चंखे शंखे पंखे मार्फत बिग ब्यानरको रुपमा उदाएको “आसुसेन फिल्मस”को दोश्रो प्रस्तुति फिल्म “प्रेमगित”को पोष्टर र अडियो सार्वजनिक गरिएको छ। पोखराको रंगशालामा शनिबार पोखरेली बुद्धिजिवीहरु र राष्ट्रिय स्तरका दर्जनौ कलाकारहरुको हातबाट चलचित्र विकास बोर्डका अध्यक्ष राज कुमार राईको प्रमुख आतिथ्यतामा पोष्टर र अडियो सार्वजनिक गरिएको हो।

prem geet posterसन्तोष सेनले निर्माण गरेको यो फिल्मको निर्देशन नायक तथा निर्देशक सुदर्शन थापाले गरेका छन्। फिल्ममा पुजा शर्मा, प्रदीप खड्का, सरोज खनाल, रुपा राणा, लक्ष्मी गिरी, राजाराम पौडेल लगायतको अभिनय छ।

रोमान्टिक लभस्टोरी रहेको फिल्म यसै बर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) को अवसरमा सार्वजनिक गरिनेछ। फिल्ममा भिन्न शैलीका पाचँ ओटा गितहरु रहेका छन्। फिल्मका भिडियो गितहरु चाडैँ रिलिज गरिने निर्माण युनिटले जनाएको छ।

prem geet audio releasing programअर्जुन पोखरेलको संगीत रहेको फिल्मका गीतहरुमा सुगम पोखरेल, अञ्जु पन्त, स्वरुपराज आचार्य, पशुपति शर्मा, पूर्णकला विसी, सुवानी मोक्तान, सन्तोष लामा र स्वेच्छा ठकुरीको स्वर छ। फिल्मका यी गीतहरुलाई रेनिषा राईले कोरियोग्राफी गरेकी छन्।

मुस्ताङ, काठमाडौँ र पोखरा लगायत रमणीय तथा पर्यटकीय क्षेत्रमा सुटिङ गरिएको फिल्मका दृश्यहरु आकर्षक ढंगले फिल्मका कैद गरिएको यसअघि नै रिलिज भएको ट्रिजरमा देखिएको थियो।

SUBSCRIBE 👉