महिला हिंसाविरुद्ध रेखाको ‘तथास्तु’ !


Actress-Rekha-Thapa

Actress Rekha Thapa

ग्ल्यामर नेपाल, काठमाडौं । ८ मार्च अर्थात अन्तर्राष्ट्रिय नारी दिवस । घरेलु हिंसा तथा लैगिक विभेदकोविरुद्ध आफ्नो हकअधिकार प्राप्तीको लागि संघर्षरत संसारभरका नारीहरुले नारीहरुले यो दिवस मनाउँछन्। नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी यो दिवस मनाइएको छ। यही अवसरमा महिला हिंसा विरुद्ध आवाज उठाउने चलचित्र ‘तथास्तु’को घोषणा गरिएको छ। नारी प्रधान यस सिनेमामा रेखा थापाको लिड रोल रहनेछ। उनका अनस्क्रिन हिट जोडी किशोर खतिवडा यो फिल्ममा पनि दोह्रोरिने भएका छन्। चलचित्रलाई सविन श्रेष्ठले निर्देशन र निर्माण गर्दैछन्। पछिल्लो पटक सविर, रेखा र किशोरको केमेस्ट्री रहेको चलचित्र ‘काली’ सुपरहिट भएको थियो।

‘तथास्तु’को कथा सविरले नै लेखेका हुन् भने पटकथा तथा संवाद जगदिश्वर थापाले तयार पारेका छन्। सविरले फिल्ममा रेखालाई नयाँ अवतारमा प्रस्तुत गरिने दाबी गरेका छन्। फिल्ममा नारी शोषणका विरुद्धका आवाज उठाइने उनको भनाई छ। चलचित्रमा किशोरको नेगेटिभ भूमिका रहने बताइएको छ। फिल्मको नायक भने केहि दिनमा सार्वजनिक गर्ने श्रेष्ठले जानकारी दिए। त्यस्तै, अन्य कास्ट र क्रिउ पनि छनौंटकै क्रममा छन्।

सविर निर्देशित पछिल्लो चलचित्र ‘आधी बाटो’ चैत्र २१ गते रिलिज हुँदैछ। यो फिल्मको रिलिजपछि ‘तथास्तु’को छायाँकन सुरु हुने उनले जानकारी दिए।

SUBSCRIBE 👉