राजधानीमा “जाउँ हिंड पोखरा”को प्रिमियर सो गरिने


Nepali Movie Jau Hida Pokhara jiwan luitel rekha thapaशुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म “जाउँ हिंड पोखरा” को राजधानीमा प्रिमियर सो हुने भएको छ। विभिन्न फिल्मकर्मी, सञ्चारकर्मी र बिशेष अतिथिहरुकालागि फिल्मको प्रिमियर शो गरिन लागिएको निर्देशक शोभित बस्नेतले बताएका छन्। बुधबार साँझ साढे ५ बजे सिटि सेन्टर स्थित सिनेमा भवनमा फिल्मको प्रिमियर गरिन लागिएको हो। फिल्मको ट्रेलर तथा गीत सँगीतबाट पाएको राम्रो प्रतिक्रियाले उत्साहित रहेको निर्माण युनिट प्रिमियरमा पनि सकरात्मक प्रतिक्रिया आउनेमा आशाबादी छन।

देशभर ८० भन्दा बढि पर्दा पाएको फिल्मले प्रिमियरमा पाउने प्रतिक्रियाले फिल्मको ब्यापारमा ठुलो अर्थ राख्ने निर्देशक शोभित बस्नेत बताउछन। उनले फिल्म मनोरञ्जनको खजाना भएकाले फिल्मले सबैखालका दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने दाबी गरे। समाजिक प्रेमकथामा आधरित फिल्ममा रेखा थापा, जिवन लुइटेल, जिके शर्मा सहित स्वयम निर्देशक बस्नेतको समेत अभिनय रहेको छ।

SUBSCRIBE 👉