‘झोले’को झोलामा करोड


Model-and-Actress-Priyanka-Karki-Image-3ग्ल्यामर नेपाल, काठमाडौं । ‘छ एकान छ’ पछि अर्को कमेडी फिल्म ‘झोले’ले वक्स अफिसमा कमाल मच्चाएको छ। दीपेन्द्र के.खनाल निर्देशित यो फिल्मले प्रदर्शनको १४ दिनमा एक करोड कमाएको हो। निर्देशक दीपेन्द्रले फिल्मको कमाई सार्वजनिक गर्दै खुशी व्यक्त गरेका छन्।

बेरोजगार युवाको कथा भन्ने ‘झोले’मा दयाहाङ राई र प्रियंका कार्कीको मुख्य भूमिका रहेको छ। फिल्मले देशभरका ३९ पर्दाबाट सय लाख हात पारेको हो। यो फिल्म स्वदेशका ३० पर्दा र विदेशमा रिलिज हुन बाँकी छ। त्यसैले फिल्मको व्यापारको ग्राफ अझ उकालो लाग्ने पक्का छ। फिल्मको उपत्यका वितरण कम्पनी पपकर्न र मोफसल एफडी कम्पनीले गरेका हुन्। माउथ पब्लीसिटीको कारण फिल्म हेर्ने दर्शकको कमी नभएको वितरण कम्पनीले जानकारी दिएका छन्। खासगरी फिल्मको प्रस्तुती, संवाद र कलाकारको अभिनय निकै कम पराइएको छ।

‘झोले’को यो कमाईले नायिका प्रियंकाको असफलताको यात्रामा ब्रेक लगाइदिएको छ। निकै आशा राखिएकी प्रियंकाका अघिल्लो तीन सिनेमा असफल भएका थिए। ‘लुट’ पछि एक करोड कमाउने दयाहाङ यो दोस्रो फिल्म बनेको छ। ‘लुट’ पछि दयाहाङ अभिनित आधा दर्जन सिनेमा रिलिज भएपनि सबैले व्यावसायिक क्षति बेहोरेका थिए। ‘भिजिलान्ते थ्रिडी’ बनाएर घाटा सहेका दिपेन्द्रलाई पनि ‘झोले’ले राहत दिएको छ।

SUBSCRIBE 👉