महिला अवतारमा नायक राजेश हमाल


नेपाली चलचित्रका महानायक राजेश हमाल अव महिला भुमिकामा देखिने भएका छन्। महिला केन्द्रित नेपाली चलचित्र ‘शकुन्तला’मा राजेश हमाल महिलाको भुमिका मा देखा पर्दै छन्।

दिनेश श्रेष्ठ निर्देशीत चलचित्रमा राजेशका अलावा किसोर खतिवडा र अनु शाहको प्रमुख भुमिका रहेको छ। अनुले यस चलचित्रमा रिपोर्टरको भूमिका निर्वाह गरेकी छिन्।
rajesh hamal as a woman
चलचित्रमा महेश्वर खत्री र श्रीपा खत्रीले लगानी गरेका छन्। चलचित्रको छायाँकन धमाधम भइरहेको छ। अर्जुन पोख्रेलको संगीत रहेको यस चलचित्रमा दुईदशक भन्दा लामो समय चलचित्रमा विताइसकेका हमालको यो नयाँ भुमिकालाई दर्शकले रुचाउलान् त ? प्रतिक्षाको बिषय बनेको छ।

SUBSCRIBE 👉