बर्षाकैलागि मर्ने भन्दै निराजनको प्रेम आशक्ती


मोडल निराजन प्रधान आफ्नी प्रेमिका हिड्ने बाटोभरी फूलै फूल छर्ने कुरा गरिरहेका छन्। उनको लागि आफूले हरेक कुरा गर्ने सक्ने निराजनको भनाई छ। मोडलद्धय निराजन प्रधान र बर्षा राउतलाई यसरी प्रेमको गन्तव्यमा ल्याउने काम गरेको हो, शैलेश शर्माको आवाजमा समावेश ‘तिमी हिड्ने बाटो भरी’ बोलको गीतले।

barsha raut music videoआँचल एल्बममा समावेश यो गीतमा नरेश भट्टराइको शब्द र हरि लम्सालको संगीत छ। विशाल भण्डारीले निर्देशन गरेको यो भिडियोलाई विवेक खतिवडा प्रोडक्शनले तयार पारेको हो। भिडियोमा निर्देशक भण्डारीले निराजन र बर्षाको प्रेमलाई रोमाञ्चक तरिकाले देखाएका छन्। दुई जना यूवायूवती प्रेममा परेपछि कसरी माया व्यक्त गर्छन् भन्ने देखाइएको छ। भिडियोमा फूलको प्रयोग पनि गजबले गरिएको छ।

SUBSCRIBE 👉