अञ्जु पन्त र उत्तम थापाको ज्यानमाया तिमीलाई… भिडियो


barsha raut

सुर्के थैलीको लोक प्रियतापछि संगीतकार राजनराज शिवाकोटीको संगीत तथा गायिका अञ्जु पन्तले गाएको गीत “ज्यानमाया तिमीलाई”को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। राजुबाबु श्रेष्ठको रचना रहेको उक्त गीतमा गायिका पन्तले गायक उत्तम थापा युडीको साथ पाएकी छिन्। गायक युडीको एल्बम कखरामा समावेश लोकपप जनराको उक्त गीतको म्युजिक भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका हुन्। म्युजिक भिडियोमा गम्भिर विष्ट र बर्षा राउतले अभिनय गरेका छन्। गम्भिर विष्टकै नृत्य निर्देशन रहेको म्युजिक भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने भरत रेग्मीले सम्पादन गरेका छन्।

uttam thapa

गायक उत्तम थापा युडीको एल्बम कखरामा कुल ६ वटा गीत रहेका छन्। ती मध्ये चारवटामा राजनराज शिवाकोटीको संगीत छ भने हरि लम्साल र गायक युडीको संगीतमा एकएकवटा गीत रहेका छन्। गीतहरुमा भवानी पोखरेल, राजुबाबु श्रेष्ठ, राजनराज शिवाकोटी र उत्तम थापा युडीको शब्द रचना छ।

म्युजिक भिडियो रिलिज समारोहमा एल्बम पनि लोकार्पण गरिएको थियो। एल्बम कखरालाई चलचित्र पत्रकार संघका अध्यक्ष शान्ति प्रिय, संगीतकार अर्जुन पोखरेल सहित एल्बम तथा म्युजिक भिडियोमा आबद्ध सबैले एकैसाथ गरेका थिए।

SUBSCRIBE 👉