हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) को न्यानो कोसेली – भिडियो सहित


हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) ले भूकम्प पिडित परिवारहरुलाई न्यानो सिरक कोसेली दिएका छन्। आफ्नो जन्म स्थान सिन्धुपाल्चोक फुल्पीङ डाँडा गाविस ५ र ७ मा जाडोले समस्यामा परेका ८७ भूकम्प प्रभावित परिवारलाई उनले न्यानो सिरक कोसेली दिएका हुन्। उनले एक लाख रुपैया बराबरको सिरक वितरण गरेका छन्। ६० हजार रुपैाया अमेरिका सिकागोमा बस्दै आएका विष्णुहरी सुवेदी र बाबु केसीले समेत सहयोग गरेको जितु नेपालले जानकारी दिएका छन्।

Jitu Nepal Mundre Supported to Earthquake Victimsन्यानो सिरक पाउनेमा ५२ दलित परिवार छन् भने ३५ घरपरिवार आफ्नै गाउँले छन्। आफ्नो तर्फबाट पनि केहि थप गरेर भूकम्प प्रभावित गाउालेलाई सिरक कोसेली दिएको उनले बताएका छन्। कठ्याङ्ग्रीदो जाडोमा न्यानोको आवश्यकता सबैलाई भएपनि यसबाट गरिब तथा वृद्धहरु बढी प्रभावित रहेकाले उनीहरुलाई नै प्राथमीकतामा राखेर सहयोग गरेको उनको भनाई छ।

Jitu Nepal Mundre Supported to Earthquake Victimsजाडोमा न्यानो सिरक पाएपछि गाउँहरुले खुशि व्यक्त गर्दै आफ्नो जन्म थलोलाई मुन्द्रेले देखाएको मायाको प्रशंसा गरेका छन्। नेपालले यसअघि पनि आफ्नो गाउँका १ सय ३५ भूकम्प प्रभावित परिवारलाई एक बण्डल जस्ता र एक बोरा चामल सहयोग वितरण गरेका थिए। राष्ट्रिय कलाकारको परिचय बनीसकेकाले समाजीक काममा पनि सक्रिय भएको हेर्न चाहेको उनीहरुले बताएका छन्। यस्तै, आफुले शिक्षा आर्जन गरेको जाल्पा उच्च माध्यमीक विद्यालयलाई ५ थान कम्प्युटर र प्रिन्टर उपलब्ध गराएका थिए।

कलाकार जितु नेपालले आउँदा दिनमा यस्ता समाजीक काममा अझै सक्रिय हुने प्रतिबद्धता जनाएका छन्। भूकम्पका कारण देश नै पिडामा रहेकाले आफ्नो तर्फबाट सकेको सहयोग गर्न आफु तत्पर रहेको उनले बताएका छन्।

तस्विर सौजन्य : हरि जंग थापा

SUBSCRIBE 👉