नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा जितु नेपाल (मुन्द्रे) नियुक्त


हाँस्य कलाकार जितु नेपाल (मुन्द्रे) नेपाल वायु सेवा निगमको ब्राण्ड एम्बेस्डरमा नियुक्त भएका छन्। निगमले आफ्नो तीन वर्षे सुधार कार्ययोजना प्रस्तुत गर्दै जितु नेपाललाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको हो।

Jitu Nepal Mundreएक कार्यक्रमकाबीच पर्यटनमन्त्री आनन्द पोख्रेलले जितु नेपाललाई निगमको नियुक्ति पत्र हस्तान्तरण गरेका छन्। कार्यक्रममा बोल्दै उनले वायु सेवा निगमको प्रचारमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारको तर्फबाट अहिलेसम्मकै ठूलो जिम्मेवारी पाएकोमा खुशि व्यक्त गर्दै उनले निगमले आफ्नो सेवालाई चुस्त दुरुस्त बनाउन आवश्यक रहेको बताएका छन्।

नेपाल वायु सेवा निगमलाई यसअघि निकै व्यंग्य गरिएको सम्झना गर्दै जितु नेपालले अब भने राष्ट्रिय ध्वजाबाहक जहाजमा यात्रा गर्न सबैलाई सिफारीस गर्ने संकल्प गरेका छन्। नेपाली अर्थतन्त्र र पर्यटन क्षेत्रको विकासमा वायु सेवा निगमको ठूलो भूमीका हुने भन्दै उनले सेवा विस्तार गर्नु पर्ने आवश्यकता पनि औाल्याएका छन्। कलाकारहरुको टोलीमार्फत विभिन्न साास्कृतिक कार्यक्रम सञ्चालन गरेर पनि सेवाग्राहिहरुको संख्या बढाउन सकिने उनको भनाई छ।

SUBSCRIBE 👉