फुलै फुलको मौसम तिमीलाई ट्रेलर : निता र आमेषको एस्तो प्रेम


दिनेश डिसी निर्देशित पछिल्लो चलचित्र ‘फुलै फुलको मौसम तिमीलाई’ को ट्रेलर सार्बजनिक भएको छ। नायिका निता ढुंगाना र नव नायक आमेष भण्डारी भण्डारीको मुक्य भूमिका रहेको चलचित्र आगामी फागुन २१ गते सार्बजनिक प्रदर्शनमा आउंदै छ। ट्रेलरमा निता र आमेषको रोमान्स तथा चलचित्रलो एक्सनलाई फोकस गरिएको छ। निर्देशक दिनेश डिसीले यस भन्दा अघि मायाज बार, छ एकान छ जस्ता सफल चलचित्र निर्देशन गरिसकेका छन्।

Nita Dhungana Amesh Bhandari FFMT

अमर अलि को लगानी रहेको चलचित्रमा सुरेश अधिकारीको संगीत, राम जी लामिछानेको कोरियोग्राफी, एनबी महर्जनको द्वन्द निर्देशन छ। मनकृष्ण महर्जनको छायाँकन रहेको चलचित्रलाइ प्रितम पाण्डेले सम्पादन गरेका हुन्। चलचित्रमा निता र आमेश लगायत विजय लामा, हिउँमाला गौतम, गीता अधिकारी, गुरु केदार बराल, माधब खरेलको पनि अभिनय रहेको छ।

SUBSCRIBE 👉