अभिनेता सौगात मल्लको गोप्य सम्बन्ध !


फिल्म क्षेत्रमा जमिरहेका अभिनेता सौगात मल्लको गोप्य सम्बन्ध एक मोडलले सार्वजनिक गरिदिएकी छिन्। मोडलिङमा खास नजमेकी सोनु केसीले सौगातसँग आफू र आफ्ना साथीहरू भएका तस्बिर फेसबुकमार्फत सार्वजनिक गरिरहेकी छिन्।

Saugat Malla Sonu KCकतै सौगातसँग सेल्फी लिइएका तस्बिर छन् भने कतै उनीहरूकै रुममा सौगात पनि रहेको तस्बिर छन्। बेडरुममा रहेको उनीहरूको तस्बिरमा समेत फोटोग्राफर सौगात मल्ल भनेर उल्लेख गरिएको छ । सार्वजनिक गर्नेको कतिसम्म नियतमा खोट देखिन्छ भने आफ्नै रुममा सौगातसँग रहेको तस्बिर केही पत्रकारलाई समेत ट्याग गरिएका छन्। सोनीले आफैँ पनि आफ्नो फेसबुकमा सौगातसँग खिचेको सेल्फीलाई प्रोफाइल पिक्चर बनाएर राखेकी छिन्।

Saugat Malla Sonu KCजसमा उनको एकदमै मिल्ने साथी मोडल सुजना ढकालले ‘ल बधाइ छ है’ भनेर प्रतिक्रिया जनाएकी छिन्। दुई हप्ताअघि प्रदर्शन भएको फिल्म ‘फन्को’मा सौगात प्रमुख भूमिकामा छन्। यो फिल्म रिलिज हुनुअघिदेखि नै यसको प्रमोसनमा सोनी पनि सक्रिय देखिएकी थिइन् । एक महिनाअघिदेखि नै ‘फन्को’को पोस्टर सोनीको फेसबुकमा कहिले कभर फोटो त कहिले प्रोफाइल पिक्चरका रूपमा देखिएको थियो । सोनीले यतिबेला आफ्नो साथी–सर्कलमा सौगातलाई आफ्नो ‘ब्वाइफ्रेन्ड’ भन्दै चिनाइरहेको पनि बुझिएको छ।

स्रोतका अनुसार राजधानीस्थित पेप्सीकोलामा रहेको सोनीको रुममा सौगातको आउजाउ निकै बढिरहेको छ । सौगातको नाम फिल्मवृत्तमा पहिलोपल्ट सोनीसँग जोडिए पनि सोनीको भने दुईजना फिल्मकर्मीसँग यसअघि नै सम्बन्ध रहेको चर्चा थियो। सोनीले सौगातसँग आफ्नो हिमचिम रहेको आशय दर्शाउने तस्बिर सार्वजनिक गरेपछि फिल्म वृत्तमा ठट्टा भइरहेको छ, ‘सोनीले कसरी फसाइन् सौगातलाई ?’
– नागरिकन्युज डट कम बाट साभार गरिएको

SUBSCRIBE 👉