इटहरीमा निल डेभिडको नयाँ सलुन । सरोज खनाल र गौरी मल्लले गरे उद्घाटन


चर्चित हेयर स्टाइलिष्ट निल डेभिड कटुवालले आफ्नो सलुनको नयाँ शाखा स्वरुप सुनसरीको इटहरीस्थित इटहरी मलको दोस्रो तल्लामा निल डेभिड्स युनिसेक्स सलुन सञ्चालनमा ल्याएका छन्। नेपालमा रहेका मध्येको उनको यो सातौं सलुनको शुक्रबार इटहरी मलमा आयोजित आयोजित एक भव्य समारोहबिच प्रमूख अतिथी ख्यातिप्राप्त अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले शुभारम्भ गरेका छन्।

Gauri-Mall-Saroj-Khanal

सलुनको शुभारम्भ गरेपश्चात अभिनेता सरोज खनालले निलको हेयर स्टाइल कलाबाट आफु आकृष्ट भएको चर्चा गर्दै नेपालको हेयर फेशनको क्षेत्रमा उनले पुर्‍याएको योगदानको चर्चा गरे। सो अवसरमा अभिनेत्री गौरी मल्लले सानो आकारमा शुरु गरेको निलको सलुनले सयौंलाई रोजगाी दिलाउँदै सातौं शाखासम्म विस्तार गर्नु उपलब्धिमुलक भएको चर्चा गर्दै सफलताका लागि शुभकामना दिइन्।

Saroj-Khanal-Gauri-Mall-Neel-David

हेयर स्टालिष्ट डेभिडले भने आफ्ना छोराछोरीलाई डक्टर इञ्जिनियर नै बनाउनुपर्छ भन्ने मानसिकताविपरित आफ्ना आमा र स्व. बाबुले स्वतन्त्रतापूर्वक निर्णय गर्ने अधिकार दिलाएकाले आफुले नेपालमा यो कलालाई भित्र्याउन तथा पुरुषले पनि विदेशमाजस्तै नेपालमा पनि महिला र पुरुषको हेयर स्टाइल बनाउन सक्छन् भन्ने लागेर यो पेशा अंगालेको बताए। ‘सञ्चार माध्यम, सेलिब्रेटी तथा फेशनप्रेमीको माया र सद्भाव तथा हेयर स्टायलप्रेमीको साथका कारण आज यहाासम्म पुगेको छु। आगामी दिनमा यस्तै साथ, समर्थन सद्भाव र सहयोगले हेयर स्टाइलिङबाट नेपाललाई चिनाउने सक्षम हुनेछु भन्ने विश्वास मलाई छ’ निलको भनाई छ।

Neel-David-Saroj-Khanal-Gauri-Malla

सो अवसरमा कार्यक्रमका प्रमूख अतिथी अभिनेता सरोज खनाल र अभिनेत्री गौरी मल्लले थोरैलाई थाहा भएको आफ्नो अतिरिक्त प्रतिभासमेत प्रस्तुत गरेका थिए। अभिनेता खनालले आफुद्धारा रचित कविता सुनाएका थिए भने अभिनेत्री मल्लले आफुद्धारा रचित गीत गाएरै सुनाएकी थिइन्। इटहरीकी सञ्चारकर्मी तथा गायिका चन्दा खड्काद्धारा सञ्चालित कार्यक्रममा गायक दीपक बराइलीले गीत सुनाएका थिए।

Saroj-Khanal-Gauri-Malla

यो सलुनमा पनि अघिल्ला शाखामा जस्तै महिला तथा पुरुषको अनुहार तथा रुप रंग सुहाउादो तवरले केश सजावट -हेयर स्टाइल) का साथमा स्ट्रेट, फेशियल, मेकअप, नेल आर्ट, मेहेन्दी, होम ब्राडियल मेकअप, कपालको सौन्दर्यसम्बन्धि विभिन्न सेवा तथा प्रशिक्षण उपलब्ध छ । यो सलुनमा उनको अघिल्ला सलुनमा जस्तै वातानुकुलित शान्त, सौम्य र वातावरणका बिच कपालको सौन्दर्यसाग सम्बन्धित सेवाहरु उपलब्ध छ। सबै सेवा अत्याधुनिक प्रविधीका साथ उपलब्ध गराइएको निललेजानकारी गराएका छन्।

निलले पहिलोपल्ट सन् २००६ मा सुन्धराको काठमाडौं मलमा निल डेभिड्स हेयर एण्ड व्युटि सलुन सञ्चालनमा ल्याएका थिए। त्यसपश्चात काठमाडौमा ४, विराटनगरमा १, झापामा १ गरी ६ सलुन तथा हेयर स्टाइलसम्बन्धि प्रशिक्षण दिने ३ एकेडेमी ल्याईसकेका छन्। नेपालका शहरमा उनको हेयर स्टायलको चर्चा भएपछि भारतिय शहरमा समेत माग भएका कारण उनले भारतमा समेत ५ सलुन र १ एकेडेमी १ सञ्चालन गरिरहेका छन्। नेपाल र भारतमा रहेका उनको हेयर एकेडेमीबाट प्रशिक्षीत हेयर स्टायलका विद्यार्थीहरुले नेपालका विभिन्न स्थानका साथमा भारत, लण्डन, अमेरिका, कतार, युएई, अष्ट्रेलियाका शहरहरुमा हेयर स्टायलसम्बन्धि सेवा दिईरहेका छन्।

SUBSCRIBE 👉