पापड पेल्न नजाने पछि अनुलाई मुस्किल


actress-anu-shah

Actress Anu Shah

फिल्म खेल्न थालेको पाँच वर्ष बितिसक्दा पनि अभिनेत्री अनु शाहले खासै कमाल देखाउन भने सकेकी छैनन्। उनको लिड रोल रहेका कुनै फिल्मले पनि दर्शक र निर्मातालाई खुसी बनाउन सकेको छैन। त्यसैले अहिले उनलाई नयाँ फिल्म पाउनै मुस्किल छ। त्यसमाथि बल्लबल्ल पाएको फिल्मको प्रमोसनमा पनि आफूलाई पूरै बाइपास गरिएपछि उनी निकै चिन्तित छिन्।

२१ चैतदेखि प्रदर्शनमा आउन लागेको फिल्म आधी बाटोमा अनुको मुख्य भूमिका छ तर फिल्मको प्रोमो, पोस्टरमा अनु अटाएकी छैनन्। फिल्मकी अर्की नायिका जेनिसा केसी र निर्माता रमेश त्वायनाबीच ‘ट्युनिङ्’ मिलेपछि उनलाई ओझेलमा पारएिको हल्ला छ। अनु आफैँ भन्न थालेकी छन्, ‘फिल्ममा जम्न क्षमता मात्र होइन, पापड पेल्न पनि जान्नु पर्दो रहेछ।’ – नेपाल साप्ताहिक बाट

SUBSCRIBE 👉