फेरि फेरी फेरी…. नाइँ नभन्नु ल ! ( भिडियो )


nai-nabhannu-la-2
ग्ल्यामर नेपाल, काठमाडौं । चैत्र २८ गते रिलिज हुने फिल्म ‘नाइँ नभल्नु ल २’ को सांगीतक पक्ष निकै सशक्त देखिएको छ। यस अगाडि ‘मर्ने कसैलाई रहर हुँदैन्’ र ‘यी आँखामा तिमी छौं’ गीतबाट चर्चा बटुलिसकेको फिल्मको नयाँ गीत रिलिज गरिएको छ। शिर्ष गीतमा १३ वर्षे गायक प्रेम परियारको स्वर रहेको छ। अघिल्ला दुई गीत पनि प्रेमले नै गाएका हुन्। नयाँ गीतमा बसन्त सापकोटाको संगीत तथा प्रभा आचार्यको शब्द छ। यो गीत पनि दर्शकले रुचाउने निर्देशक विकास आचार्यको विश्वास छ।

वान टाइन सिनेमाको व्यानरमा निर्माण भएको ‘नाइँ नभन्नु ल २’मा बालकलाकारद्वय अनुभव रेग्मी र सुज्ञानी भट्टराईको मुख्य भूमिका रहेको छ। जीवन लुईटेल, सुरजसिंह ठकुरी, प्रियंका कार्की, सरोज खनाल, सिताराम कट्टेललगाएतका कलाकारको चलचित्रमा अभिनय रहेको छ। चलचित्रमा विश्वमणि दाहाल, प्रदीप दाहाल र निर्देशक आचार्य स्वयमको लगानी रहेको छ। पुरुषोत्तम प्रधानले खिचेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन्। आचार्यले यसभन्दा अगाडि ‘नाईं नभन्नु ल’ र ‘रिदम’जस्ता हिट चलचित्र दिइसकेका छन्।

SUBSCRIBE 👉