‘निर्भय’मा निखिलको जोडी बन्दै निता


अभिनेता निखिल उप्रती र अभिनेत्री निता दुंगाना एकै चलचित्रमा देखीने भएका छन्। उनीहरु मधुसुदन भट्टराईको निर्देशनमा बन्न लागेको चलचित्र ‘निर्भय’मा एक साथ देखीन लागेका हुन्। लामो समयको अन्तराल पछि अभिनयमा कमब्याक गरेको निखीलले निर्माण र निर्देशन गरेको चलचित्र भैरबले सफलता पाइसकेको छ ।nita And Nikhil

यसै चलचित्रको एक गीत ‘खुलम् खुल्ला प्यार..’ बुधबार रेकर्डिङ गरिएको छ । जसमा अर्जुन पोखरेलको संगीत प्रमोद खरेल र अञ्जु पन्तको स्वर र देवल भण्डारीको शब्द छ ।

बताईएको छ । नेपाली समाजमा दैनिक रुपमा जनताले देखिरहेको भोगिरहेको कथालाई चलचित्रले उठान गर्ने निर्देशक भट्टराईले बताए । चलचित्रमा देवि पाण्डेले निर्माण गर्ने यो चलचित्रमा सुशिल पोखरेल र विकास चापागाईं समेत मुख्य भूमीका रहेको छ ।

SUBSCRIBE 👉