उहिले बाजेको पालाको कथा बैशाक २४ गते सार्बजनिक हुने | Watch Trailer


uhileko-bajeko-palama
नेपाली संस्कृती र मौलिकता झल्काउने कथामा तयार चलचित्र ‘उहिले बाजेको पालामा’को अडियो तथा प्रोमो सार्वजनिक भएको छ। राजधानीमा आयोजित एक कार्यक्रममा चलचित्रका कलाकार तथा रंगपत्रकारको उपस्थितीमा सो सार्वजनिक गरिएको हो। चलचित्र बैशाक २४ गते देखि सार्बजनिक प्रदर्शनमा आउने भएको छ।

कार्यक्रममा चलचित्र पत्रकार संघका अध्यक्ष शान्ती प्रियले चलचित्र मार्फत नेपाली मौलीकता हेर्न पाउने भएकोमा खुसी ब्यक्त गर्दै चलचित्रको सफलताको लागी कामना गरे। त्यस्तै चलचित्रका लेखक समेत रहेका कलाकार गणेश बेलवासेले कलाकार तथा लेखकण कम भैरहेको गुनासो धेरै आउाछ। दर्शकले नपाली मौलिकता बोकेका चलचित्र बन्नुपर्ने बताउादै पनि आएका छन्। तर, यस्ता चलचित्र बर्षमा केही मात्र बन्छन्।

बसन्त जी एमको निर्देशनमा तयार भएको चलचित्रमा बिपिन आचार्यको संगीत, हरी नारायण चौधरीको छायांकन, भरत क्षेत्रीको द्धन्द्ध रहेको छ। चलचित्रले सेन्सर बोर्डबाट यूनिभर्सल सर्टिफिकेट पाएको यस चलचित्रमा दिलिप रायमाझी, खुश्वु खड्का, गणेश वेलवासे, सपना रोका, रविन् आचार्य, माधव पण्डित, कमल गाउाले, नविन श्रेष्ठ, मिउन जिरेलको मुख्य भूमिका छ।

SUBSCRIBE 👉