नाइँ नभन्नु ल ४ : चलचित्र नलाग्दै हिट भैसक्यो भन्न् छोड्दैनन् बिकास !


सांगीतिक प्रेमकथामा आधारित चलचित्र ‘नाइँ नभन्नु ल ४’ को यहि सुक्रबार बाट रिलीजमा आउने चलचित्र हो । तर रिलीज मिती नजिकीदै गर्दा समेत यो चलचित्रका युनिटहरु आ – आफ्नै धुनमा छन् ।

यसै चलचित्र बाट रजतपटमा डेब्यु गरेका दुई प्रमुख कलाकार पल शाह र वर्षा राउतलाई समेत यो चलचित्रको मतलब नभएको जस्तो देखीन्छ त्यसैलेले त होला बर्षा अर्को चलचित्र तिर व्यस्त छिन् भने पल चलचित्रको प्रचार प्रसार गर्न छोडेर म्युजीक भिडीयो खेल्नेमै लागिपरेका छन् ।pal-and-barsha

यस्तै चलचित्रका निर्देशक पनि कम छैनन् उनि त झन चलचित्र नलाग्दै हिट भैसक्यो भन्दै हिडेका छन् । यस अघि गीतका कारणले चर्चामा रहने “नाइँ नभन्नु ल” को यो सिक्बेलका गीतहरु समेत हीट हुन सकेका छैनन् । तरपनि बिकास आफ्नो चलचित्र हिट भैसक्यो भन्न् छोड्दैनन् ।
विकास आचार्य निर्देशित यो चलचित्रमा पल र वर्षा संगै आँचल शर्मा ,प्रियंका कार्की, अनुभव रेग्मी र सरोज खनाल लगायतको मुख्य भुमीका रहेको छ ।

यस्तै यसै चलचित्र संग रेखा थापा निर्मित चलचित्र रामप्यारी रिलीज हुदैछ । जुन चलचित्रको ट्रेलरका समाबेस रेखा थापाको एक्सनहरुले यतिबेला बजार तताइरहेका छन् । यस्तै चलचित्रका दुई गीत छमछम ति र अर्को जुनी बोलको गीत हिट भैसकेका छन् ।

चलचित्र ‘राम प्यारी’ मा रेखासँगै नायक सविन श्रेष्ठ, नायिका आश्मा डिसी र नव नायक आभाष अधिकारीको मुख्य भूमिका रहेको छ । जगदिश्वर थापाको लेखन रहेको फिल्ममा शिव ढकालको छायाँकन, रोशन श्रेष्ठको द्धन्द्ध निर्देशन अनि रामजी लामिछानको कोरियोग्राफी रहेको छ ।

SUBSCRIBE 👉