आर्यनले औंठी लगाइदिए छुल्ठिमले रक्सी नपिउने


aryan-sigdel-november-rain

Chulthim Dolma and Aryan Sigdel in Movie November Rain

ग्ल्यामर नेपाल, काठमाडौं । आर्यन सिग्देलको बहुप्रतिक्षित फिल्म ‘नोभेम्बर रेन’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। नामजस्तै ट्रेलरमा पनि पानी परेका र हिरो–हिरोइन भिजेका दृश्यहरु धेरै देखाइएको छ। निकै भावनात्मक र मर्मस्पर्शी संवादले ट्रेलरलाई चर्चा दिलाउने विश्वास गरिएको छ। दिनेश राउतले निर्देशक गरेको यो फिल्म आउँदो वैशाख १२ गते देशभर प्रदर्शन हुँदैछ।

सुवास गिरी निर्माता रहेको ‘नोभेम्बर रेन’मा आर्यनसहित नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको मुख्य भूमिका रहेको छ। ट्रेलरबाट आर्यन, नम्रता र छुल्ठिमको प्रेमको दोसाँधमा रहेको अनुमान लगाउन सकिन्छ। राजेश श्रेष्ठले खिचेको फिल्मलाई सुरेन्द्र पौडेलले काँटछाँट गरेका हुन्। एक्सन हिमाल केसी र संगीत ताराप्रकाश लिम्बुको रहेको छ। चेतन गुरुङले फिल्मको कथा लेखेका हुन्।

निर्देशक राउतले फिल्म उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको बताएका छन्। उनले यसअघि आर्यन र केकी अधिकारीलाई लिड रोलमा लिएर ‘आई एम सरी’ निर्देशन गरेका थिए। पहिलो फिल्ममा रहेको कमीकमजोरी यसपटक सुधारेको उनको भनाई छ।

ट्रेलर हेर्नुहोस

SUBSCRIBE 👉