आमा – छोरी भन्दापनि साथी जस्तो सम्बन्ध !


आज आमाको मुख हेर्ने दिन अर्थात ‘माता तिर्थ औसी’ आज प्राय सबै कलाकारहरुले आफ्नो आमा संग ‘माता तिर्थ औसी’ मनाए । धेरै जसो कलाकारले त आफ्नो फेसबुकमा आमाको फोटो राख्दै शुभकामना समेत बाडे । यस्तै नायीका रेखा थापाले पनि आफ्नी आमा सरस्वती थापा संग मनाएकी छन् ।news photo
उनले यो पटक आमालाई कानमा लगाउने गहना र हातमा लाउने बाला उपहार दिएकी छन् । आफ्नो आमा गहनाको सौखिन भएकाले कपडा संगै गहना किन्ने गरेको नायीका रेखा थापा बताउछिन् । आमा मित्रपार्कको अम्बे निवासमा बस्दै आएकी रेखी प्राय देश तथा विदेशमा हुने कार्यक्रममा आमालाई संगै लिएर हिड्ने गर्छिन् । कुनै बेला निकै व्यस्त हुने रेखा भन्छिन् कुनै बेला यति ब्यस्त भएँ कि एक वर्षसम्म पनि आमासंग भेट भएन ।
रेखा आमा सरस्वती थापाको समन्ध आमा छोरी भन्दा पनि धेरै साथी जस्तो छ । त्यसैले पनि होला उनि आमा बिना बस्न सक्दिनन् । हाल चलचित्र भन्दापनि अन्य कामहरुमा व्यस्त हुने गरेकी रेखा आफ्नो चलचित्रमा निर्मात्रीको नाम समेत आफ्नो आमा सरस्वती थापाको नाम राख्ने गर्छिन् ।

हामी सानो छँदा हाम्रा बाबु आमाले हामीलाई कँही जाँदा पनि एक्लै छाड्नु हुन्थेन । त्यही बुझेर मैले पनि मेरी आमालाई एक्लो छाड्दिन । यस्तै रेखा दिनभर अन्य काममा व्यस्त भएर आमा संग हुने नसके पनि साँझमा भने उनि ७ बजेसम्म घर पुगीसक्छिन् । अर्को रोचक कुरा के छ भने उनि कहिले काही घर दिलो पुग्दा आमाको गाली खाने गरेको बताइन् । त्यसैले रेखा थापालाई चिन्ने जति भन्छन् रेखा र आमाको सम्बन्ध आमा – छोरी भन्दा पनि साथी जस्तो छ ।

SUBSCRIBE 👉