धुर्मुस सुन्तलीको कदममा खोइ अन्य कलाकारहरुको साथ ?


गतबर्षको बैशाख १२ को महाभुकम्प र त्यसपछि २९ गएको ठुलो भुकम्पका कारण घरबार बिहिन भएका मानिसहरुको सेवामा तत्कालिन समय हाम्रा कलाकारहरु घेरै देखिए । सो समय कतिले समाज सेवाको ढोङ रच्न समाज सेवामा लागे भने कतिले बास्तबिक समाज सेवा पनि गरे । तर केही कलाकारले भने समाज सेवाको नाममा आफ्नो सेल्फी र फोटो खिचाएर सामाजिक संजाल रंगाउने काम गरे ।sitaram and kunjana

तर त्यो समयमा क्रियासिल एक जोडी भने यस्तो देखिए जो अहिले पनि समाज सेवामा क्रियासिल छ । त्यो जोडी हो धुर्मुस र सुन्तलीको जोडी । यो जोडी भुकम्पको समयदेखि अहिलेसम्म पनि लगातार पिडितको सेवामा लागी रहेका छन् । केही समय अगाडी काभ्रेको पहरी बस्ती एक एकीकृत बस्ती निर्माण गरेका हस्तान्तरण समेत गरेका धुर्मुस सुन्तलीले अहिले फेरी सिन्धुपाल्चोकको गिरान्चौर एकिकृत बस्ती निर्माणको काम सुरु गरेका छन् ।

सिन्धुपाल्चोक मेलम्ची ८ गिरान्चौरका ६५ परिवार भूकम्प पिडितलाई दशैँ सम्ममा नयाँ घर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम अघि बढाइएको फाउण्डेशनका अध्यक्ष एवं हाँस्यकलाकार सिताराम कट्टेलले बताए । त्यस्तै बस्ती निर्माणको घोषणा गरेदेखि अहिलेसम्म करिब २२ लाख रुपैँयाको हाराहारीमा सहयोग संकलन भएको फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरेले जानकारी दिएकी छिन् ।

धुर्मुस–सुन्तलीले लामो समयदेखि यो अभियान संचालन गर्दा हाम्रा अन्य सेलिबे्रटीले भने न त उनलाई साथ दिएका छन् न त आर्थिक सहायता नै ।  बरु उनीहरु बिभिन्न बहानामा पार्टी गर्दै जाड रक्सिमा पैसा उडाइ रहेका छन् । यसले कलनाकारतीमा खोइ मानवता भन्ने प्रश्न उब्जिन सक्ने देखिएको छ ।

SUBSCRIBE 👉