सोनाक्षी र मलाईका संग झुम्यो काठमाडौँ ! ( फोटो फिचर )


भूकम्प प्रभावितको सहयोगार्थ आज (जेठ १ ) राजधानीको टुडिखेलमा ‘अमरपन्क्षी’ नामक कार्यक्रम सम्पन भएको छ ।  नेपाल सैनिक श्रीमती संघले आयोजना गरेको यो कार्यक्रममा नेपाली कलाकारको साथमा बलिउडका दुई चर्चित नायिकाहरु सोनाक्क्षी सिन्हा र आइटम डान्सर मलाईका अरोरा खानले दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन् ।sonachhi in kathmandu 1

हिन्दी हिट नम्बरमा आफ्नो नित्य देखाएका सोनाक्क्षी सिन्हा र मलाईका अरोरा खानलाई हेर्न टुडिखेलमा ५० हजार भन्दा बढी  ब्याक्तीहरुको सहभागीता रहेको थियो । यस्तै आफ्नो नित्य देखाए संगै सोनाक्क्षीले आफुलाई नेपाल प्रस्तुती दिदा निकै रमाइलो भएको र आगामी दिनमा फेरी नेपाल आउने बताइन् ।sonachhi in kathmandu

पहिलो  पटक नेपाल आएका यी दुई बलिउड कलाकारको प्रतुतीमा दर्शकहरु निकै झुमेका थिए ।बलिउडका थुप्रै हिट आइटम नम्बरमा नित्य गरीसकेकी मलाईकाले आफु अभिनीत गीत अनारकली डिस्को चली , फेबिकल से ,  मुन्नी बदनाम , लगायतका अन्य गीतहरुमा आफ्नो प्रतुती दीएकी थिइन् । यस्तै उनले कार्यक्रमको अन्त्यमा नेपाली दर्शक यति धेरै माया र साथ्  दिएकोमा धन्यवाद व्यक्त गरिन् ।  
malaeka in kathmanduयस्तै कार्यक्रममा नेपालबाट रेखा थापा, निशा अधिकारी, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, सुस्मा कार्की, ईन्दिरा जोशीको प्रस्तुतीमा दर्शक हरुले निकै उत्साहा देखाएका थिए ।  यता पहिलो पटक स्टेजमा नृत्य प्रस्तुत गरेकी नायिका रेखा थापाको डाइलक सहितको नित्यमा उपस्थित दर्शकले मनोरञ्जन लिएका थिए ।  करिब ६ बजेबाट सुरु भएको यो कार्यक्रममा नेपाली कलाकारको नित्यलाई कोरियोग्राकी  रेनशा वान्तवा राईले गरेकी थिइन् ।Rekha thapa

तस्बिर : बिनोद पोखरेल

SUBSCRIBE 👉