फुटको संघारमा नेपाल चलचित्र निर्माता संघ ! कारणहरु छन् यस्ता


नेपाल चलचित्र निर्माता संघ फुटको संघारमा पुगेको छ । केही असन्टुष्ट निर्माताहरु संघ फुटाउने खेलमा लागेका हुन् । जसको नेतृत्व अभिनेता समेत रहेका निर्माता नवल खड्काले गरिरहेका छन् । नेपाल चलचित्र निर्माता संघले विगत ४ वर्षदेखि संघ नवीकरण नगरेको भन्दै निर्माता नवल खड्काले नयाँ संघ दर्ता गर्ने भएका छन् ।Nirmata lafaada

निर्माताहरूको हकहितको पक्षमा वकालत गर्नुपर्ने संस्था नवीकरण नभएर खारेजीको अवस्थामा पुगेकाले नयाँ संघ स्थापना गर्नुको विकल्प नरहेको नवलले बताए । ‘निर्माताहरूको हकहितका लागि स्थापित संस्था आफैं खारेजीको अवस्थामा पुगेपछि नयाँ संघ खोल्ने कठोर निर्णय गर्न बाध्य हुनुपर्यो, नवलले भने । नयाँ संघका लागि विधान बनिसकेको जानकारी दिँदै नवलले १७ सदस्यीय तदर्थ सञ्चालक समिति निर्माण गरेको बताए ।

यस बिषयमा बुझ्न खोज्दा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राइसँग सम्पर्क हुन सकेन । धेरै पहिले अशोक शर्मा निर्माता संघको अध्यक्ष हुँदा बर्तमान अध्यक्ष राजकुमार राइले नै निर्माता संघ फुटाएका थिए । उनले निर्माताको हिको लागी भन्दै राष्ट्रिय चलचित्र निर्माता संघ गठन गरेका थिए । अध्यक्ष राइले त्यतीबेला संल्काएको आगोले अहिले उनलाई नै पोलेको छ ।

SUBSCRIBE 👉