‘सुन्तीलाई भगाई लग्यो झिल्के’को फर्स्टलुक पोस्टर सार्वजनिक


चलचित्र ‘सुन्तीलाई भगाई लग्यो झिल्के’ले श्रावण २१ मा प्रदर्शनमा आउने भएको छ । ऋषिराज आचार्य निर्देशित यो चलचित्रले आफ्नो फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिती तय गरेको हो । केही समय पहिले यो चलचित्रको एक प्रोमो र गीत समेत सार्वजनिक गरिएको थियो । जसमा यतिबेला चलचित्रको टाइटल गीतले बजार पाइरहेको छ  । गीतमा कालीप्रसाद बास्कोटाको स्वर  तथा संगीत बिपीन आचर्यले सुन्न सकिन्छ । new
कमेडी बिषय बस्तुमा निर्माण गरिएको यो चलचित्रमा  सुशिल सिटौला, सुशान्त कार्की, शिशिर भण्डारी, सुरजनी केसी, रिजा भुषाल लगायतका कलाकारहरु मुख्य भूमिकामा देखिएका छन् । कथा समेत आचार्यकै रहेको यो चलचित्रमा अर्जुन पोखरेलको संगीत , नबिन निरौलाको सम्पादन र राउल राईको छायाँकन रहेको छ ।

SUBSCRIBE 👉