गायक राजु लामाले निर्माण गरे “मायाको साँघु” झोलूंगे पुल


चर्चित गायक राजु लामा (मंगोलियन हर्ट) ले अफ्नो नाममा रहेको राजु लामा फाउन्डेशन न्यूयॉर्क अमेरिका मार्फत जन्म थलो सिन्धुपाल्चोक जील्लाको बरूवा गाबीस सुन्चौर-१ मा “मायाको साँघु” नामक ७५ मीटर लम्बाईको झोलूंगे पुल निर्माण गरेका छन्।

Raju-Lama-Singer

उनले अमेरीका लगायत संसारका बिभीन्न शहरहरूमा सांगीतिक कार्यक्रम गरेर संकलन गरेको रकमबाट गत बर्ष गएको भूकम्पमा परी दीवांगत भएका नेपालीहरूको समझनामा “मायाको साँघु” झोलूंगे पुल निर्माण गरेका हुन्। पुलको मिती २०७३ जेष्ठ १७ गते निर्माण सम्पन्न भई उदघाटन समेत गरिएको छ। पुल निर्माणमा एकचालिस लाख छयत्तर हजार दुईसय सर्चालिस रुपैया अठ्ठाइस पैसा (४१,७६,२४७.२८/-) लागेको छ।

Raju-Lama-Bridge

पूल बाट सम्पूर्ण बरुवा बासीलाई आर्थिक रूपमा लाभाम्बित हुन का साथै पर्यटकीय दृष्टीकोणले पनि पुन सुचारु रूपमा लाङ्टाङ्, आमा याङरी, पाँच पोखरी, हेलम्बु लगाएतका क्षेत्रहरुमा पुग्न सहज हुने भएको छ। साथै यस मायाको साँघु ले नौवटा गाँउ जोड्नु का साथै त्यस भेगका बासिन्दाहरुलाई नयाँ हौशला र मनोबल दिएको छ। गायक लामाका अनुसार यस पूलको निर्माणले देशका युवा तथा अन्य ब्यक्तीहरुलाई पनि प्रेरित हुने छ भन्ने बिश्वास गरिएको छ।

पुल उद्घाटन कार्यक्रमका लागी गायक लामा अमेरीकाबाट आएका थिय। पूल उद्घाटन पछि गायक लामाले आफ्नो सांगीतिक समुह मंगोलियन हार्ट सहित महिला तथा बालबालिका माथि हुने बेचबिखन र ब्यबसायिक यौन बिरुद्द जनचेतना मुलक सांगितिक कार्यक्रम पनि प्रस्तुती गरेका थिए।

SUBSCRIBE 👉