तीन घुम्ती नयाँ गीत ‘फूल झैं नरम’ सार्वजनिक ( भिडीयो )


चलचित्र  ‘तीन घुम्ती’ को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा नायिका गरिमा पन्त र नायक सुशान्त कार्की देखिएका छन् । ‘फूल झैं नरम’ गीतमा कृष्णहरि बरालको शब्द, बसन्त सापकोटाको संगीत रहेको छ भने प्रल्हाद तिमल्सिना र मिलन अमात्यको स्वर रहेको छ ।news 12

विपी कोइरालाको चर्चित कृति तीन घुम्ती माथि बनेको यो चलचित्रलाई बाबुराम ढकाल निर्देशन गरेका हुन् ।‘तीन घुम्ती’ मा गरिमा र सुशान्तसँगै लक्ष्मी गिरी, ध्रुव दत्त लगायत कलाकारहरुको अभिनय रहेको छ ।  चलचित्र असार १७ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

SUBSCRIBE 👉