सविन श्रेष्ठको ‘हिरो रिटर्न्स’ मा हिरोईन रेखा थापा


नायिका रेखा थापा अभिनित पहिलो चलचित्र हो हिरो । अहिले सोहि चलचित्रको सिक्वेल नभएपनि सिक्वेल जस्तै देखिने गरि चलचित्र ‘हिरो रिटर्न्स’ निर्माण हुने भएको छ। चलचित्रमा सविन श्रेष्ठको साथमा रेखा थापा प्रमूख भुमिकामा देखिने भएकी छिन्। चलचित्रलाई नायक सविन श्रेष्ठले निर्माण गर्न लागेका हुन्। चलचित्रको निर्माण टिममा निर्माता चन्द्र गौतम पनि सामेल भएका छन्।

Rekha Thapa Sabin Shrestha

निर्माता चन्द्र गौतमले चलचित्रका अन्य कलाकारहरु पक्का भईसकेको भएता पनि नाम खुलाउन चाहेनन्। निर्माता चन्द्र गौतमले नायक सविन श्रेष्ठसंग मिलेर हरेक बर्ष विग प्रोजेक्टको एउटा चलचित्र निर्माण गर्ने घोषणा समेत गरेका छन्।

रेखा र सनिवलाई दर्शकहरुले एक साथ केहि चलचित्रमा हेरी सकेका छन्। चलचित्रको निर्देशन समिर मियाँले गर्ने भनिय पनि निश्चित नभएको निर्माता गौतमले बताए। चलचित्रका नायक तथा निर्माता सविन श्रेष्ठले पनि चन्द्र गौतमसँग सहकार्य भएपछि चलचित्र राम्रो बन्ने कुरामा ढुक्क भएको बताएका छन्।

SUBSCRIBE 👉