चलचित्र ‘किस्मत २’को गीत सार्वजनिक भएको छ । ‘उनि आकासबाट झरेकी अप्सरा ..’बोलको उक्त गीत सार्वजनिक भएको हो । निर्माता छविराज ओझाको पछिल्लो निर्माण गरेको यो चलचित्र असोज २१ गते प्रदर्शनमा आउदैछ । चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने दीजेन्द्र शाक्य कार्यकारी निर्माता रहेका छन् । छविले आफ्नो सफल चलचित्र ‘किस्मत’को सिक्वेलको रुपमा यो चलचित्र बनाएका हुन् । अघिल्लो चलचित्रमा रेखा थापा, विराज भट्ट र आर्यन सिग्देल मुख्य भूमिकामा थिए ,भने सिक्वेलमा शिल्पा पोखरेल, किशोर खतिवडा र नवकलाकार पृथ्वीराज शर्माको मुख्य भुमिकामा छन् । चलचित्रमा श्याम भट्टराईको कथा, सामिप्य तिमिल्सिनाको पटकथा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
४५ दिनको तालिका राखिएको ‘शुभ विवाह’को छायांकन पाँच दिनअघि नै सकिएको छ। ‘प्रेम गीत’पछि प्रदीप खड्का र सुदर्शन थापालाई फेरि जोडेको फिल्ममा सनिशा भट्टराई मुख्य...
नेपालभित्र निर्माण भएको पहिलो नेपाली कथानक चलचित्र ‘आमा’ चलचित्र विकास बोर्डले डिजिटाइज गरी YouTube मा सार्वजनिक गरेको छ। हिरासिंह खत्री निर्देशित फिल्म वि.सं...
उपल्लो मुस्ताङलाई मुख्य लोकेसन बनाइएको हरर फिल्म ‘भिडियोटेप’को छायांकन ३१ दिनमा सकिएको छ। ओविद उद्दिन निर्देशित फिल्ममा उपासना सिंह ठकुरी र कुन्दन मान शाक्य...
अभिनेता पुष्प खड्का र अभिनेत्री प्रशंसा रायमाझी अभिनीत नयाँ फिल्म ‘सिन्दूर’को छायांकन दाङबाट सुरु भएको छ। लक्ष्मण सुनारको लेखन तथा निर्देशनमा बन्ने फिल्मले...
अनमोल केसी अभिनीत ‘बाटुलो जून’को टिजर सार्वजनिक भएको छ। भुवन केसी निर्देशित फिल्मले तीन दशकअघिको प्रेमकथा, सामाजिक परिवेश र जीवनशैलीलाई नयाँ पुस्तासामु ल्याउने...
मोडलिङबाट अभिनयमा प्रवेश गरेकी पूर्णिका सिजापति अब ‘हाम्रो सानो घर’मा मुख्य अभिनेत्रीका रूपमा देखिनेछिन्। Gen Z को प्रेम, सम्बन्ध, सपना र सामाजिक यथार्थमा...