चलचित्र ‘किस्मत २’को गीत सार्वजनिक भएको छ । ‘उनि आकासबाट झरेकी अप्सरा ..’बोलको उक्त गीत सार्वजनिक भएको हो । निर्माता छविराज ओझाको पछिल्लो निर्माण गरेको यो चलचित्र असोज २१ गते प्रदर्शनमा आउदैछ । चलचित्रलाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् भने दीजेन्द्र शाक्य कार्यकारी निर्माता रहेका छन् । छविले आफ्नो सफल चलचित्र ‘किस्मत’को सिक्वेलको रुपमा यो चलचित्र बनाएका हुन् । अघिल्लो चलचित्रमा रेखा थापा, विराज भट्ट र आर्यन सिग्देल मुख्य भूमिकामा थिए ,भने सिक्वेलमा शिल्पा पोखरेल, किशोर खतिवडा र नवकलाकार पृथ्वीराज शर्माको मुख्य भुमिकामा छन् । चलचित्रमा श्याम भट्टराईको कथा, सामिप्य तिमिल्सिनाको पटकथा र अर्जुन पोखरेलको सङ्गीत रहेको छ ।
अनमोल केसी र प्रिन्सी खतिवडाको प्रेमिल नोकझोक समेटिएको ‘बाटुलो जून’को गीत ‘अल्लारे ठिटो आयो’ सार्वजनिक भएको छ। तिहार र देउसीभैलोलाई लक्षित गीतमा रुबै र प्रविण...
‘कंगाल करोडपति’को छायांकन अन्तिम चरणमा पुगेका निर्देशक राजु श्रेष्ठले ‘नौ डाँडा काटेर’ घोषणा गरेका छन्। सिनेमा पाठशालाको ब्यानरमा बन्ने फिल्मका कलाकार तथा अन्य...
अविनाश विक्रम शाह निर्देशित कान्स विजेता नेपाली फिल्म ‘एलिफेन्ट्स इन द फग’ अस्ट्रेलियाको संसद भवनमा विशेष प्रदर्शन हुने भएको छ। कार्यक्रमले नेपाली सिनेमाको...
स्वर्गबाट आएको बताउने युधिष्ठिर पृथ्वीमा अन्य चार पाण्डव खोजिरहेका छन्। ‘पाँच पाण्डव’को पहिलो ट्रेलरले महाभारतका पात्रमार्फत आजको समाजको कथा भन्ने संकेत गरेको...
खगेन्द्र लामिछाने र सुरक्षा पन्तको मुख्य भूमिका रहेको ‘श्रीमान् श्रीमती’को छायांकन पूरा भएको छ। दीपेन्द्र के खनाल निर्देशित चलचित्रले नेपाली घरपरिवारका दैनिक...