‘सुपर गोर्खे’ मार्फत ‘नाईं नभन्नू ल’ हिरोईन ऋचासिंह ठकुरीको कमब्याक!


‘नाईं नभन्नू ल’ र ‘म तिम्रो भैसकें’जस्ता चलचित्रमा अभिनय गरेकी अभिनेत्री ऋचासिंह ठकुरी एक समय कलाकारितामा राम्रै जमेकी थिइन्। म्युजिक भिडियोमा समेत उनको ब्यस्तता थियो। सोही समय उनले लगनगाठो कसिन् र चलचित्र क्षेत्रबाट हराइन् पनि। उनि अभिनित चलचित्र ‘नाई न भन्नु ल’को चौथो सिरिज बनेर सफलता हासिल गर्दा पनि उनी गुमनामनै रहिन्।richa

तर अब उनी फेरी अभिनयमा फर्कने भएकी छन्। चलचित्र ‘सुपर गोर्खे’ मार्फत उनी फेरी चलचित्रमा क्रियासिल हुन लागेकी हुन्। चलचित्र उनकै निर्माणका तयार भइरहेको छ। चलचित्रको हाल एक गतिको सौराह आसपासमा छायांकन भइरहेको छ। चलचित्र अभिनेत्री ठकुरीको पती गजेन्द्र राज थापाले निर्देशन गरिरहेका छन्।

रामजी लामिछानेले कोरियोग्राफी गरिरहेको गीतमा ऋचासिंह ठकुरी तथा नब नायक सचिन केसी अभिनय गरिरहेका छन्। चलचित्रमा ऋचासिंह ठकुरी र सचिन केसीका अलावा निर्देशक गजेन्द्र राज थापा, सुरज ठकुरी, निराजन लुईटेल, कामना भुजेल, भुपेन्द्र क्षेत्रीलगायतको अभिनय रहेको छ।

SUBSCRIBE 👉