धुर्मुस सुन्तलीलाई गीरान चौर बस्ती निर्माणकालागि गोफण्डमी मार्फत सहयोग


धुर्मुस सुन्तलीलाई गोफण्डमी डट कम मार्फत सिन्धुपाल्चोकको गीरान चौर एकिकृत बस्ती निर्माणका लागि [यो समाचार तयार परुन्जेल सम्ममा] करिव साढे ३२ लाख रुपैंया ( USD $३२, ५२०) सहयोग संकलन भएको छ। सन्तोष ओझा र सञ्चारकर्मी सरल गुरुङ्गको सहयोगमा गीरान चौर एकिकृत बस्ती निर्माणका लागि ५० लाख रुपैँया सहयोग उठाउने लक्ष्यका साथ गोफण्डमी मा खाता खोलिएको थियो।

dhurmus-suntali-gofundme

साढे ३ करोड भन्दा बढीको लागतमा निर्माणाधीन गीरान चौर एकिकृत बस्तीका लागि गोफण्डमी बाट नसोचेको सहायता जुटेको फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)ले बताएका छन्। ५० लाख पुर्याउने लक्ष्य अझै पुरा भइनसकेकाले युरोपेली मुलुकमा बस्नेहरुसँग उनले यो लक्ष्य पुरा गर्न सहयोगको अपील गरेका छन्।

इन्टरनेटबाटै यति धेरै सहयोग जुटाउन सकिन्छ भन्ने नै थाहा थिएन फाउण्डेशनकी कोषाध्यक्ष कुञ्जना घिमिरे (सुन्तली) भन्छिन्, “तर सन्तोष ओझा र सरल गुरुङले यसबारेमा बताए र यो सहयोग जुटाउन सहयोग गरे।”

धुर्मुस सुन्तलीलाई गोफण्डमी डट कम मार्फत सहयोग गर्न यहाँ क्लिक गर्नुहोस्

SUBSCRIBE 👉