‘दपर्ण छायाँ –२’ बन्ने , लिड रोलमा देखिदै सुदूरपश्चिमका पुष्प


चलचित्र ‘दपर्ण छायाँ २’ निर्माण हुने भएको छ। राजधानिमा सोमबार अयोजित एक कार्यक्रममा चलचित्रको शुभ–मुर्हत समेत गरियो। १६ बर्ष पछि यसै नामबाट चलचित्र बन्न लागेको हो। ‘दपर्णछायाँ’ कै निर्देशक तुलसी घिमिरेले चलचित्र बनाउन लागेका हुन्।

puspa-1

सहारा फिल्मस् प्रालीको पहिलो प्रस्तुतिका रुपमा निर्माण हुन लागेको चलचित्रका प्रस्तुतकर्ता डा. लोचन लामा रहेका छन्। सानु मदाल कार्की र रवी कार्की निर्माता रहेका चलचित्रमा लिड रोलमा नयाँ कलाकार  पुष्प खड्का, साहारा कार्की, सारदा प्रसाई र पुराना कलाकार सरोज खनाल, शेर बहादुर, सुमन घिमिरे, जिवन आचार्य लगायतको अभिनय रहनेछ। शिव ढकाल र रामेस्वर कार्कीको छायांकन रहने चलचित्र उपत्यका र उपत्यका बाहिर छायांकन हुनेछ।

SUBSCRIBE 👉