बिनिता बराल अभिनित चलचित्र ‘ऊमंग’को फस्ट लुक


बिनिता बराल अभिनित नेपाली चलचित्र ‘उमंग’को फस्ट लुक सार्वजनिक गरिएको छ। कोरियोग्राफर तथा मुख्य सहायक निर्देशक का रुपमा थुप्रै चलचित्रहरुमा काम गरिसकेका शिव शर्माको निर्देशनमा निर्माण भएको यो चलचित्रले मनमा उमंग बोकेर परदेशीन बाध्य भएका परदेशीको कथा बोल्ने छ।

Nepali Movie UMANGA First Look Poster

करिब पचहत्तर प्रतिशत छायाँकन दुबईमा गरिएको चलचित्रको अन्य बाँकि दृश्यको छायाँकन गुल्मी, बागलुङ र काठमाडौमा गरिएको हो। चलचित्रले सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट समेत पाएको छ। नेपाल रिलिज मिति कार्तिक १२ तय गरेको यो चलचित्र नेपालमा प्रदर्शन हुनु अगाडी नै दुबई, कतार, अस्ट्रेलिया, हङकङ, बेल्जियम, जापान र अमेरिकामा स्पेशल सो गर्ने तयारी गरिरहेको जानकारी निर्देशक शर्माले दिएका छन्।

चलचित्रमा बिनिता बराल, कुमार बि सी, सिपि पौडेल, राम बाबू रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेश कुमार केसी लगायतका कलाकारहरुले अभिनय गरेका छन्। चलचित्रमा बसन्त अधिकारीको मुख्य सहायक निर्देशन, रबिन्द्र बराल को छायाँकन, अर्जुन पोख्रेल र बीबी अनुरागीको संगीत, कुमार महर्जनको द्वन्द, अर्जुन जिसीको सम्पादन र भि.एफ़.एक्स अक्कि शर्माको रहेको छ। चलचित्रका कथा लेखक कुमार बिसीले नै चलचित्रमा लगानी गरेका छन्।

SUBSCRIBE 👉