बैदेशिक रोजगारीको कथा बोकेको राहदानीको पहिलो अनुहार


rahadani-1

nepali movie rahadani poster

ग्ल्यामर नेपाल, काठमाडौं । चलचित्र राहदानी निर्माण युनिटले बिहीबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै महिला बालबालिका तथा समाजकल्याण सचिब दिनेशहरि मार्फत आफ्नो चलचित्रको पोष्टर, प्रोमो तथा अडियो सार्वजनिक सार्वजनिक गरेको छ। कार्यक्रममा दिनेशहरीले करिब २७ लाख नेपालीहरु बैदेशिक रोजगारका लागि खाडी मुलुकमा रहेको बेला उनीहरुको समस्या चलचित्रमा उठाइनु पर्ने बताएका छन्। कवि तथा गीतकार समेत रहेका सचिब अधिकारीले चलचित्रमा कविको रुपमा अभिनय समेत गरेका छन्। बैदेशिक रोजगारका कैयौं बिकराल समस्यालाई चलचित्र राहदानीमा उठाईएकोले राहदानी आम नेपालीको सिनेमा बनेको उनको धारणा थियो।

कार्यक्रममा पूर्व गृहसचिब तथा चलचित्र राहदानीका गीतकार चण्डिप्रसाद श्रेष्ठले बिदेशमा नेपाली कामदारले भोगेको समस्यालाई चलचित्रको गीतमा उतारेको बताए। कार्यक्रममा चलचित्रको दुई ओटा गीत सर्वजनिक गरियो। प्रमोद खरेल र दूर्गा खरेलको आवाज रहेको सार्बजनिक गीतमा चेतन सापकोटा र जुगल डगोलको संगीत रहेको छ भने शब्द चण्डिप्रसाद श्रेष्ठ र डब्बु क्षत्रीको छ।

Watch Nepali Movie RAHADANI Trailer
rahadani-promo-image

आगामी चैत २८ गते रिलिज मिति तोकिएको यो चलचित्र अब देश विदेशका विभिन्न स्थानमा बिषेश प्रदर्शन पछि मात्र सार्बजनिक प्रदर्शनमा आउने निर्देशक डब्बु क्षत्रीले बताए। लक्ष्मी प्रसाद ढकालको प्रस्तुति रहेको चलचित्रमा दयाहाङ राई, अशोक रिजाल, रुपा खनाल, बिनिता घिमिरे, नविन लम्साल, सृजना सुब्बा, दिनेश दुलाल, मोनिका दाहाल, तेन्जिङ शेर्पा, विधा कार्की, विकाश जोशी, लक्ष्मण बिक्रम बस्नेत, शैलेन्द्र बस्नेत आदीको अभिनय छ। चलचित्रको प्रोमोसनल आइटम गीतमा भने रिमा विश्वकर्माले नृत्य गरेकी छन्।

SUBSCRIBE 👉