‘सुपर गोर्खे’ मार्फत ‘नाइँ नभन्नु ल’ नायिकाको कम ब्याक


चलचित्र ‘नाइँ नभन्नु ल’ कि नायिका हुन् ऋचासिंह ठकुरी। करिव तीन वर्ष अगाडि उनले लगन गाँठो कसे पछि नेपाली फिल्मी क्षेत्रबाट गुमनाम भईन। हुन त उनले दर्जन भन्दा बढी फिल्महरुमा अभिनय गरिन तर ‘नाइँ नभन्नु ल’ बाहेक अरु फिल्महरुले राम्रो व्यापार गर्न सकेन।

Richa-Singh-Thakuri

Actress Richa Singh Thakuri | Photo : Kamal Shrestha / Glamour Nepal

हाल उनि आफ्नै लगानी तथा आफ्नै श्रीमान गजेन्द्रराज थापा द्वारा निर्देशित चलचित्र ‘सुपर गोर्खे” मार्फत फिल्मी क्षेत्रमा कम व्यक गर्दैछिन। हाल धमाधम पोस्ट प्रडक्सनको काम भइरहेको फिल्ममा ऋचा लगायत गजेन्द्रराज थापा र भुपेन्द्र क्षेत्री को मुख्य भूमिका रहेको छ।

SUBSCRIBE 👉