अभिनेत्री रेखा थापा र निर्माता छबिराज बीच डिभोर्स


अभिनेत्री रेखा थापा र निर्माता छबिराज बीच डिभोर्स – भिडियो हेर्नुहोस्

अभिनेत्री रेखा थापा र निर्माता छबिराज ओझा अलग्गीएका करिब चार बर्ष भईसकेको छ। डिभोर्स भयो भन्दै छुट्टा छुट्टै बसेका निर्माता र अभिनेत्रीले हाल आयर अफिसियल्ली डिभोर्स गरेका छन्। छवि-रेखाले असार १९ गते आइतबार काठमाण्डौ जिल्ला अदालत पुगेर सम्बन्धलाई कागजी रुपमा टुंग्याए।

rekha-thapa-chhabiraj-ojha-divorce

मिडियाहरुमा प्रकाशित समाचारका अनुसार यस बिषयमा दुबैजनाले केहि नबोले पनि छबिराज ओझा विवाहको मनस्थितीमा पुगेकाले अर्को विहेको लागी अफ्ठ्यारो नपरोस भनेर रेखासँग औपचारिक डिभोर्स मागेको बुझिएको छ।

५१ वर्षे छबिले चौथो बिहे गर्लान नगर्लान भोलिका दिनमा थाहा हुनेछ तर बिहे गरे भने पनि आश्चर्य मान्नु पर्ने अवस्था भने छैन्। उनले रेखालाई तेश्रो श्रीमतीको रुपमा घर भित्र्याएका थिय।

SUBSCRIBE 👉