विश्वकै कान्छा निर्देशक सौगातले ‘हैरान’ निर्देशन गर्ने


विश्वकै कान्छा निर्देशक सौगात बिष्ट अब दोश्रो चलचित्रको छायांकनका लागि तयार भएका छन् । सौगातले निर्देशन गर्न लागेको दोश्रो चलचित्रको नाम ‘हैरान’ राखिएको छ । भदौबाट छायांकन सुरु हुने यो चलचित्र गजित बिष्ट, निश्मा घिमिरे पक्का भैसकेका छन् ।

saugat-bista-world-guiness-records-photo

पहिलो चलचित्र ‘लभ यू बाबा’ निर्दशन गरेर सौगातले गिनिज बुकमा नाम लेखाएका थिए । कमेडीलाई मुख्य आधार बनाएर निर्माण हुन लागेको चलचित्र ‘हैरान’ एक्सन, थ्रिलर र क्राइमको वरिपरी घुम्ने छ ।गम्भिर बिष्टले लेखेकोको यो चलचित्रमा मोहनकृष्ण श्रेष्ठले लगानी गर्दैछन् ।

SUBSCRIBE 👉