सनी लियोन सधैं फिल्म क्षेत्रमा सक्रिय नहुने!


बलिउडकी सेक्स सिम्बल सनी लियोनले सधैं फिल्म क्षेत्रमा सक्रिय नहुने बताएकी छिन्। सनीको विचारमा मनोरञ्जन क्षेत्रमा काम गर्नेहरुले त्यहाँबाट निस्केर नयाँ क्षेत्रको अनुभव पनि लिनुपर्छ। ‘म सधैं फिल्म क्षेत्रमै काम गरेर बस्दिन,’ उनले भनेकी छिन।

Sunny-Leone-Bollywood-Actress

सनी लियोन बलिउड प्रवेश गर्नुअघि एडल्ट फिल्मकी कलाकार थिइन्। बलिउडको संसारमा उनको प्रवेश रियालिटी सो ‘बिग बोस’को सिजन ५ बाट भएको हो। जिस्म २’ बाट फिल्ममा प्रवेश गरेकी उनले खेलेका पछिल्ला फिल्महरु हिट नभए पनि माग घटेको छैन।

फिल्मबाहेक आइटम गीतका लागि पनि उनी व्यस्त छिन्। शाहरुखको खानको आगामी फिल्म ‘रइस’मा पनि उनको आइटम डान्स हेर्न पाइनेछ।

SUBSCRIBE 👉