धुर्मुस सुन्तली फाउन्डेशनलाई नायिका ऋचा शर्माले गरिन् १ लाख सहयोग


धुर्मुस सुन्तलीको पहलमा सिन्धुपाल्चोक स्थित गिरानचौरमा निर्माणाधीन एकीकृत नमुना बस्तीकालागि नायिका ऋचा शर्माले एक लाख रुपैयाँ सहयोग गरेकी छन्। उनले आफ्नो जन्मदिन पारेर निर्माण गरिदै गरेको वस्तीकालागि रकम सहयोग गरेकि हुन्। शनिबार जुलाई १७ बाट ऋचा २९ वर्षमा लाग्दै छिन।

Richa-Sharma-Support-to-Dhurmus-Suntali

नायिका ऋचाले भनिन – ‘धुर्मश सुन्तलीले भुकम्प पीडितकालागी जे जति कामहरु गरिरहनु भएको छ तारिफ योग्य छ।’ उनले थपिन – ‘धेरै संघसंस्थाहरुले पनि भुकम्प पीडितका लागि सहयोग उठाएका त थिए तर ती खासै प्रभावकारी भएको जस्तो लागेन। त्यसैले पनि उहाँहरुलाई सहयोग गर्नु ठिक लाग्यो।’

हाँस्य कलाकार जोडी सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) को धुर्मुश सुन्तली फाउन्डेशनले रकम उक्त वस्ती निर्माणका लागि रकम जुटाई रहेका छन् र आफु पनि जुटी रहेका छन्। पाँच करोड रुपैया लागतमा निर्माणाधीन एकिकृत बस्ती योजनाकालागि करिव पौने पाच करोड रुपैयाँ सहयोग रकम संकलन भईसकेको धुर्मुस सुन्तलीले बताएका छन्।

SUBSCRIBE 👉