पुरानो डुङ्गा टिजर रिलिज : प्रियंकालाई फकाउन दयालाई हम्मे हम्मे !


मङ्सिर १० गते बाट अल नेपाल प्रदर्शनमा आउन लागेको प्रतिक्षित चलचित्र ‘पुरानो डुंगा’ को शुक्रबार युट्युब मार्फत् टिजर रिलिज गरिएको छ। राम बाबु गुरुङ द्वारा निर्देशित यो तेस्रो चलचित्र हो। गुरुङ निर्देशित ‘कबड्डी’ र यसको सिक्वेल ‘कबड्डी कबड्डी’ ले नेपाली सिने बजारमा राम्रो व्यापार गरेको थियो।

Priyanka-Karki-Dayahang-Rai-Purano-Dunga

करिब २ मिनेटलामो टिजरमा दया र प्रियंकाबीचको रमाईलो दृश्यहरुलाई प्राथमिकता दिइएको छ। दया, माओत्से र प्रियंका सहित चलचित्रमा मेनुका प्रधान, डीबी गुरुङ, बुद्धि तामांग, मणिराम पोखरेल, पुष्कर गुरुङ, पूर्णिमा गुरुङ, सुदाम सिके, मीन पुन, नवाजुङ गुरुङ लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

बेगनास तालको किनारामा डुंगा चलाएर जिविको पार्जन गर्दै आइरहेका भुजेल परिवारमा दाजु भाइको अंश-वण्डा विवादले बल्झाउने समस्यालाई चलचित्रमा देखाउन खिजिएको छ। चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राई दाईभाईका रुपमा अभिनय गरेका छन्। दयाहाङको अपोजिटमा नायिका प्रियंका कार्कीले अभिनय गरेकी छिन।

शैलेन्द्र डी कार्कीले छायाँकन गरेको चलचित्र बेगनास ताल र फेवाताल वरिपरी छायाँकन गरिएको हो। चलचित्रमा कालीप्रसाद बाँसकोटाले संगति भरेका छन्।

निर्देशक रामबाबुले उपेन्द्र सुब्बासँग मिलेर यो चलचित्रका कथा लेखेका हुन्। रौनकविक्रम कंडेल, ओम चन्द रौनियार, धनबहादुर गुरुङ र प्रकाश गुरुङ मिलेर चलचित्रमा लगानी गरेका छन्।

SUBSCRIBE 👉