दयाहाङ राई : अन्य चलचित्र भन्दा ‘वीर विक्रम’ बिल्कुलै फरक छ


भदौ ३ गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘वीर विक्रम’को अडियो सार्वजनिक गरिएको छ। राजधानीमा पत्रकार सम्मेलन आयोजना गर्दै चलचित्र निर्माण युनिटले अडियो संगै चलचित्रको गीत र ट्रेलर पनि रिलिज गरेको हो।

Bir-Bikram-Photo-2

मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रमा दयाहाङ राई, अनुपविक्रम शाही, अर्पण थापा, दीया पुन र नाजिर हुसेनले मुख्य भूमिकामा अभिनय गरेका छन्।३ गित शमाबेश गरिएको चलचित्रमा ताराप्रकाश लिम्बुले संगीत भरेका छन्। चलचित्रमा रेनशा राइको कोरियोग्राफी र यम थापाको लेखन छ।

केहि समय अघि ‘सारे सारे’ बोलको गीत युटुबमा सार्वजनिक भएको थियो। सो गीतलाई दर्शक श्रोतहरुले औधी मन पराएका छन्। चलचित्रको अर्को गीत ‘नजिक हुँदैछु’ भिडियो भने आज पत्रकार सम्मेलनमा सार्वजनिक गरियो।

Bir-Bikram-Photo-1

यस अघि चलचित्र ‘हँसिया’ बनाएर चर्चामा रहेका मिलनले बनाएको दोश्रो फिल्म ‘वीर विक्रम’ हङकङ र यूकेमा केहि समय अघि विशेष सो गरिसकेको छ। विदेशमा रहनु भएका नेपाली दर्शकहरुको राम्रो प्रतिक्रियाबाट हौसिएका निर्देशक मिलन चाम्सले आफू सधै नै फरक शैलीको सोच राखेर फिल्म बनाउने भन्दै ‘वीर विक्रम’ त्यसै अनुसार बनाइएको बताए।

Bir-Bikram-Photo-3

कार्यक्रममा बोल्दै फिल्मका मुख्य कलाकार दयाहाङ राइले यसको कथावस्तु एउटा गाऊँको भएको फिल्म उत्कृष्ट बनेको बताए। उनले बजारमा फिल्मको ट्रेलर सार्वजनिक भएपछि ‘कबड्डी’ जस्तो भनिए पनि त्यस्तो कतै नमिल्ने बताए। उनले यो फिल्मको कथावस्तु र प्रस्तुती विल्कुल फरक रहेको जानकार दिए।

कलाकार अनुप विक्रम शाहीले दर्शकले फिल्म हेरेपछि आफ्नो भूमिकामा मनोरञ्जन लिने बताए। अर्का कलाकार अर्पण थापाले फिल्मका आफू हाँस्य कलाकारको रुपमा प्रस्तुत भएको र यो दर्शकका लागि नयाँ स्वाद हुने बताए।

कलाकार नाजिर हुसेनले फिल्ममा आफूले पाएको भूमिकालाई न्याय गरेको बताए।

SUBSCRIBE 👉