लण्डनमा ‘साबुन मेन’लाई उत्कृष्ठ अवार्ड


लण्डनमा रहेको क्रिएटिभ कन्साइन्स नामक एक गैर सरकारी संस्थाले आयोजना गरेको ‘क्रिएटिभ कन्साइन्स अवार्ड २०१६’मा नेपाली सामाजिक व्यावसायिक विज्ञापन ‘साबुनमेन’ले उत्कृष्ठ अवार्ड चुमेको छ। यो विज्ञापनले विज्ञापन विधामा उत्कृष्ठ अवार्ड जितेको हो।

Sabun-Man-2

संस्थाले आफ्नो आधिकारिक वेबसाइटमा ‘साबुन मेन’ले उत्कृष्ठ अवार्ड पाएको उल्लेख गरेको छ। आयोजकका अनुसार समाजको विकासमा आफ्नो चेतनामूलक कामबाट उल्लेखनीय योगदान पुर्‍याउने टेलिभिजन कमर्सियललाई यो अवार्ड दिइने गरिन्छ। नेपाली समूहले पाएको यो अवार्ड अहिलेसम्मकै पहिलो हो।

यो विज्ञापनलाई हेल्प नेपाल टुडेले गत वर्ष भुकम्प पछि तयार पारेको थियो। विज्ञापनमा विनय श्रेष्ठ र मेनुका प्रधानले अभिनय गरेका छन्। उनीहरुले हात धुनुको महत्व दर्शाउादै सामान्य बानीले मानिसलाई कसरी सुपरहिरो बनाउाछ भन्ने कुरा विज्ञापनमा प्रस्तुत गरेका छन्। प्रवण जोशीले निर्देशन गरेको भिडियोमा मानस सुवालको छायांकन र सुशिल न्यौपानेको सम्पादन छ।

‘साबुन मेन’ बनाउन यति धेरै तयारी गर्नु परेको थियो – भिडियो हेर्नुहोस्

विज्ञापनमा ‘किन उड्छ साबुन मेन’ गीत प्रस्तुत गरिएको छ, जसमा अल्मोदा राना उप्रेतीको लेखन र गायन छ। ‘यो अवार्डबाट मलाई गर्व लागेको छ, हामीले यो विज्ञापनलाई अन्तर्राष्ट्रिय रुपमाबाट पुरस्कृत बनाउन निकै मेहनत गरेका थियौं।’ निर्देशक जोशीले भने।

फाईनलि भिडियो एस्तो बन्यो :

SUBSCRIBE 👉