कमेडी फिल्म “नेप्टे” मा दयाहांगले पुर्णिमा सँग जोडी कस्ने


कमेडी स्वादमा निर्माण हुन लागेको फिल्म “नेप्टे” मा दयाहाङ्ग राई अनुबन्धित भएका छन्। फिल्ममा दयाले ‘रेलिमाई’ डेब्यू अभिनेत्री पुर्णिमा लामासँग रोमान्स गर्ने भएका छन्।

Dayahang-Rai-Purnima-Lama

रोहित रुम्बाको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म “नेप्टे” मा अभिनेता दयाहांग राई लिड रोलमा पक्का भएका हुन्। फिल्ममा दया र पुर्णिमा संगै भानुप्रताप, बुद्धि तामांग (हैट) अर्जुन गुरुङ, निर्मल तामाङ, अजय खड्का र रोहित रुम्बाको पनि अभिनय हुनेछ।

फिल्मलाई निर्देशक देब कुमार श्रेष्ठले निर्देशन गर्दैछन्। हरि लामाको छायाँकन हुने फिल्ममा कविराज गहतराज, दिनेश पाख्रिन गोबिन्द राई र नरेस बिक्रम सिहको कोरियोग्राफी हुनेछ। मंसिरको पहिलो साताबाट फ्लोरमा जाने फिल्ममा रोशन श्रेष्ठको द्वन्द निर्देशन हुने छ। फिल्मका गीतहरुमा बाबु बोगटी, सन्तोस राज र ओम सुनवारको संगीत हुनेछन भने उदित नारायण झा, बाबु बोगटी, मिलन अमात्य, ओम सुनवार र सावित्री जोशी लगायतका गायक गायिकाको आवाज रहने छ।

SUBSCRIBE 👉