पोखरामा एक महिना लगाएर सकियो ‘नाईके’


aaryan-sigdel

Actor Aryan Sigdel

ग्ल्यामर नेपाल, पोखरा। ब्ल्याक स्याडो प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्र ‘नाईके’को छायाँकन सकिएको छ। ग्याङस्टारहरुको कथा मा बनेको चलचित्र ‘नाईके’ तीस दिनमा प्याक अप भएको हो। तर अझै एउटा टाइटल गीतको छायाँकन भने गर्न बाँकि रहेको छ। चलचित्रको छायाँकन पोखरा तथा वरपर गरिएको छ। चलचित्रको निर्माण लागत ४० लाख रुपैाया रहेको निर्माणपक्षले जनाएको छ।

नेत्र गुरुङले निर्देशन गरेको सो चलचित्रमा नायक आर्यन सिग्देल मुख्य ग्याङस्टार रुपमा देखिएका छन् भने उनलाई रेम बिक, बोधराज रेग्मी र विजयराज सेन्चुरीले ग्याङस्टार बनेर सघाएका छन्। चलचित्रमा नायिका सुरविना कार्की र सारिका केसीको पनि मुख्य भूमिका रहेको छ।

निर्देशक गुरुङका अनुसार टाईटल गीतलाई उत्कृष्ट बनाउन केहि तयारी आवश्यक भएकोले सो गित को छायाँकन पर सारिएको हो। नाईकेको टाईटल गीतमा अहिलेसम्म नेपाली सिनेमामा नगरिएका प्रयोगहरु गरिने उनले बताएका छन्।

विष्णु हमाल, जगदिश खनाल, आनन्द क्षेत्री, नारायण खनाल र संगीता पराजुलीले मिलेर बनाएको चलचित्रमा रोहन नेपाली कोरियोग्राफर रहेका छन्। चलचित्रका गीतहरुमा ताराप्रकाश लिम्बु, योगेश काजी र रमण गायकका संगीतकारहरु सुन्न सकिने छ। सानुकुमार महर्जन को द्वन्द तथा राजीव श्रेष्ठको प्रोडक्शन डिजाईन रहेको चलचित्रलाई अर्जुन तिवारीले खिचेका हुन्।

SUBSCRIBE 👉