चलचित्र ‘पलाँस’को टिजर रिलीज – रेखा थापा देखिईन यस्ती


नायिका रेखा थापा अभिनित पछिल्लो चलचित्र ‘पलाँस’को टिजर रिलिज भएको छ। कृषा चौलागाइले निर्माण गरेको यो चलचित्रका निर्देशक सुवास कोइराला हुन्। सार्बजनिक १ मिनेट ३० सेकेन्ड लामो टिजरमा रेखाको भूमिकालाई अझै सस्पेन्स राखीएको छ।

Actress-Rekha-Thapa-3

रेखा थापा, अयुव केसी र कामेश्वर चौरासियाको मुख्य भूमिकामा रहेको चलचित्र शुभ दिपावलीको अवसर पारेर रिलिज हुने जानकारी निर्मात्री कृषा चौलागाइले दिएकी छिन्। सार्बजनिक टिजरमा कुनै पनि संवाद राखिएको छैन।

चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, सानु कुमार महर्जनको एक्सन, सुवास कोइरालाको कथा, उज्ज्वल ढकालको सम्पादन र अर्जुन पोख्रेलको संगीत छ।

चलचित्र ‘पलाँस’को टिजर हेर्न यहाँ क्लिक गर्नुहोस्

हेर्नुहोस् चलचित्रका मुख्य कलाकारहरुको केहि तस्विरहरु

SUBSCRIBE 👉