मुख्य नायिका अनुपस्थित, तनाबमा निर्माता


Actress-Rekha-Thapaग्ल्यामर नेपाल, काठमाडौं । आफूले निर्माण गरेको बाहेक रेखा थापा अभिनित कुनै फिल्म सफल भएका छैनन्। आफ्नो ब्यानरको फिल्मको प्रमोशनमा दिनरात नभनी खट्ने रेखा बाहिरी व्यानरको फिल्मलाई खासै महत्व दिन्नन्। सोही कारण धेरै निर्माता/निर्देशकसँग उनको सम्बन्ध बिग्रदै गएको छ। आइतबार पनि रेखाले यस्तै हर्कत दोहोर्‍याइन्, जसको कारण निर्माताले चित्त दुखाए। ‘दमदार’ फिल्मको प्रेसमिटमा ‘आउँछु–आउँछु’ भनेर अन्तिममा नआएपछि निर्माता निर्माता सुमन बिष्ट चिन्तित भएका हुन्। फिल्मकी लिड रोलमा रहेकी अभिनेत्री नै अनुपस्थित भएपछि ‘दमदार’को प्रेसमिट खल्लो भएको थियो। रेखाको कारण निर्माता विष्टलाई पहिलो गाँसमै ढुंगा मिलेको छ।

रेखा अनुपस्थित भएपनि फिल्मका नायक सविन श्रेष्ठ भने कार्यक्रममा सहभागी भए तर पनि निर्देशक कमलकृष्णले सविनकोभन्दा रेखाको प्रसंशामा ज्यादा समय खर्च गरे। रेखाको स्टारडमकै कारण फिल्म हिट हुने कमलकृष्णको दाबी थियो। यद्यपी उनले सविनको पनि फिल्ममा उत्कृष्ट अभिनय रहेको बताएका थिए। कार्यक्रममा चलचित्रको अडियो बिमोचन गरियो।

वैशाख २६ गते रिलिज डेट तोकिएको ‘दमदार’मा रेखा र सविनसँगै कमलकृष्ण र बासु पुडासैनीको मुख्य भूमिका रहेको छ। चलचित्रमा अर्चना देलालको आईटम डान्स पनि समेटिएको छ। चलचित्रमा नेपाल प्रहरी भित्र घट्ने घटनालाई मुख्य विषयवस्तु बनाइएको छ। चन्द्र प्रसाद गौतम कार्यकारी निर्माता रहेको फिल्मा रोशन श्रेष्ठको नृत्य, चन्द्र पन्तको एक्सन, सौरभ लामाको छायांकन, श्रीराम महतको सम्पादन रहेको छ। चलचित्रको छायांकन काठमाडौंसहित झापा र सिलुगुडीमा पनि गरिएको छ।

यसैबीच, कमलकृष्णले अर्को फिल्म ‘जोडदार’ बनाउने घोषणा गरेका छन्। ‘दमदार’ कै निर्मातालाई लिएर बनाउन लागिएको फिल्ममा अमित श्रेष्ठ, अभय चन्द, प्रज्ज्वल गिरी, जयना कुँवरलगाएतका कलाकारको अभिनय रहने जानकारी दिइएको छ।

SUBSCRIBE 👉