कुमार आचार्यको ‘बर्दी’ टिजर, अडियो र भिडियो गीत सार्बजनिक । हेर्नुहोस् कुशल र रुपाको रोमान्टिक भिडियो


सञ्चारकर्मी कुमार आचार्यले आफ्नो जन्मदिनको अवसर पारेर चलचित्र ‘बर्दी’को टिजर, भिडियो गीत र अडियो सार्वजनिक गरेका छन्।

Nepali-Film-Bardi-Rupa-Khanal-Kushal-Thapa

बनेपास्थित ग्राण्ड समर प्यालेस रिर्सोटमा आइतबार आयोजित कार्यक्रममा वरिष्ठ फिल्म निर्माता छविराज ओझा, फिल्म वितरक गोपाल कायस्थ, नेपाल चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी, अरनिको टेलिभिजनका एमडी शंकर अधिकारी, नेपाली कााग्रेस केन्द्रिय कार्यालयका सचिव डा. प्रदिप पराजुली र फिल्मका कलाकारले संयुक्त रुपमा अडियो सार्वजनिक गरेका हुन्।

प्रवेश फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको यो चलचित्रलाई विजयविक्रम बस्नेतले निर्देशन गरेका हुन्। कुशल थापा, अनु शाह, विरेन डिसी, रुपा खनाल, भानुप्रताप, म्याण्डी बाबुलगायतका कलाकारले चलचित्रमा मुख्य अभिनय रहेको छ।

गीता आचार्य, प्रवेश आचार्य र करुणा आचार्यको लगानीमा निर्माण भएको चलचित्रमा गणेश श्रेष्ठको छायांकन, विकास चौधरीको संगीत, प्रदिप श्रेष्ठको नृत्य, रविन्द्र खड्का र साहिल खानको सम्पादन, कुमार महर्जनकेा द्वन्द छ। गत सालको जेठमा रिलिज हुने भनिएको चलचित्रको नयाँ प्रदर्शन मिति भने अहिले सम्म तय भएको छैन।चलचित्रलाई श्रीराम बालाजी फिल्मस् र एफडी कम्पनीले वितरण गर्नेछ।

Kumar-Acharya-Bardi

कार्यक्रममा आचार्यले आफ्नो फिल्मले सामाजिक सन्देश दिने बताए। प्रमुख अतिथि निर्माता ओझाले लामो समयदेखि सञ्चारकर्ममा सक्रिय कुमारको फिल्म दर्शकमाझ हिट बनोस् भन्ने शुभकामना दिए।

कार्यक्रममा निर्माता आचार्यकेा जन्मदिन पनि मनाइएको थियो। निर्माता ओझाले आचार्यको जन्मदिनका अवसरमा उनका छोरा प्रवेशलाई एभरेष्ट फिल्म एकेडेमीमा निशुल्क अध्ययन गराइदिने घोषणा गरे। संगीतकार विकास चौधरीले फिल्मको संगीतको बारे चर्चा गरेको कार्यक्रममा फिल्मकेा टिजर र दुई गीत सार्वजनिक गरिएको थियो।

SUBSCRIBE 👉