मेरो बुद्ध मेरो नेपाल मनोरंजन सांझ – फोटो ग्यालरी


बुद्ध, मि एण्ड नेपालले सिन्धुपाल्चोकमा बुद्धको १०० फुट अग्लो मुर्ति तथा शिक्षालय स्थापनार्थ साउन १४ गते राजधानीको प्रज्ञाभवनमा “बुद्ध, म र नेपाल मनोरञ्जन सााझ २०७३” साँगितिक कार्यक्रमको आयोजना गर्यो। बुद्ध, मि एण्ड नेपाल, देशको ७५ वटै जिल्लामा १०० फुट भन्दा अग्लो बुद्धको मुर्ति र सोही स्थानमा शिक्षालय स्थापना गर्ने लक्ष्यका साथ स्थापना भएको संस्था हो।

Parbati-Rai

सिन्धुपाल्चोक जिल्लाबाट कार्य थालनी गर्ने उद्देश्य अनुसार यो कार्यक्रम आयोजना भएको हो। योजनालाई साकार वनाउन र सफलव नाउन सहयोगार्थ नियमित कायक्रमको आयोजना गरिने सास्थाका अध्यक्ष गौतम मान सिंहले जानकारी दिएका छन्।

चर्चित गायिका कोमल ओली को चर्चित गीतहरुबाट शुरु भएको कार्यक्रममा थुप्रै चर्चित तथा लोकप्रिय कलाकारहरुको सहभागिता थियो। ओलीले उनको पछिल्लो तिज गीत ‘पोइ पाउँ भनेर गीत गाउने लास्टै चोटि हो.…” लगायतका गीतहरु गाउँदै कम्मर मर्काईन्।

हास्य कलाकारहरु किरण के.सी, शिवहरि पौड्याल र सबिता गुरुङको प्रहसनले कार्यक्रम हाँसोमय बनेको थियो। प्रहसनमा देशको परिस्थितीका बारेमा व्यगंतामक तवरले घोचपेच गरे।

दिपकराज गीरी, दिपाश्री निरौलाको प्रस्तुतीले दर्शकलाई मनोरंजनमा थप उर्जा प्रदान गरेेको थियो। सुरेन् के.सी., शिवशंकर रिजालको प्रहसनले गौतम बुद्धको जन्म स्थान र संस्थाको उद्देश्य अनुरूपको सन्देश मुलकमनोरंजन दिएको थियो।

शंकर वि.सी. र पार्वती राईको नृत्यले दर्शकहरुलै जुरुक्क जुरुक्क उचाल्यो। नायक सुशिल छेत्री तथा नायीका तथा निर्मात्री जेनी कुँवरको नृत्यलाई पनि दर्शकहरुले हुटिङ्ग गरे।

गायक डिजराज पौडेलले ‘तिमीआउने बाटोमा’ बोलो गीत गाए। राजेश पायल राइले आफ्ना पछिल्ला चर्चित गीतहरु प्रस्तुत गरे।

कार्यक्रम संचालन गरिरहेका हास्य कलाकार मनोज आचार्य र विल्सन विक्रम राईले दर्शकहरुलाई कार्यक्रम अवधिभर पेट मिची मिची हँसाए।

फोटो ग्यालरी हेर्नुहोस्

SUBSCRIBE 👉