इन्स्टाग्राम र फेसबुकमा हट सुष्मा !


म्युजिक भिडियो बाट आफ्नो अभिनय करिअर थालेकी मोडल हुन् सुस्मा अधिकारी। उनले थुप्रै म्युजिक भिडियोहरुमा काम गरिसकेकी छिन्। चलचित्र ‘पिपल’ बाट डेब्यू गरेकी सुष्माले ‘अनौठो प्रेमकथा’ नामको चलचित्रमा पनि काम गरिन्। तर दुबै चलचित्र चलेनन्। नेपाली चलचित्रमा हिरोईनको छाप छोड्न नसकेपछि दुई वटा भोजपुरी चलचित्रमा समेत अभिनय गरिन्।

हट दृश्य दिन सहज मान्ने सुष्माले नेपाली सँगै भोजपुरी फिल्ममा पनि खुलेरै हट दृश्य दिईन्। भोजपुरी चलचित्रमा पनि जम्न नसकेकी सुष्मा नायिका भन्दा पनि मोडल भनेर परिचित छिन्। सुष्माले आधुनिकदेखि लोकगीत सम्मका म्युजिक भिडियोहरुमा काम गर्न समेत छुटाउँदिनन्। जस्तो पायो त्यस्तै गीतको म्युजिक भिडियोमा देखिनुले पनि उनको फिल्मी करियर ओझेलमा पारेको हुनसक्छ।

आर्यन सिग्देलको अभिनयवाट प्रभावित सुष्मालाई आर्यनसँग काम गर्ने मन छ। तर, अहिलेसम्म अवसर जुरेको छैन। कुनै दिन आर्यनको जोडी बन्न पाइएला भन्नेमा उनी आसावादी छिन्। चलचित्रमा त खासै जमिनन्, हिरोईन भनेर धेरैले चिनेनन् पनि, तर पछिल्लो समय सामाजिक सञ्जालमा उनि निकै सकृय छिन्। फेसबुक देखि ईन्स्ट्राग्राममा उनले पोस्ट गर्ने तश्विरले राम्रै लाईक र कमेन्ट पाउँछ, सायद उनि यसैमा रमाउँदै छिन् क्यारे, हरेक दिन जस्तो बिहान उठेदेखि राति वेडमा सुत्दा सम्मको तश्विर उनले पोस्ट गरेकि हुन्छिन्।

SUBSCRIBE 👉